३ जेष्ठ २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अठार लाखको गोठेमल खरिद

अ+ अ-

खलङ्गा । जुम्लाको गुठीचौर एग्रो फार्मले स्याउ बगैँचामा प्रयोग गर्नका लागि यहाँका किसानबाट रु १८ लाखको गोठेमल खरिद गरेको छ । सबै किसानबाट १४ हजार डोका गोठेमल किसानबाट खरिद गरिएको एग्रो फार्मका सञ्चालक मीमबहादुर भण्डारीले बताए ।

उनले भने, ‘३० हजार स्याउका खाल्डामा प्रयोग गर्न किसानबाट गोठेमल खरिद गरिएको छ । फार्ममा ३० हजार फुजी स्याउका बिरुवा आउने जेठ महिनाको १५ गतेसम्म लगाइसक्ने योजना बनाएका छौँ ।’ स्याउका बिरुवा रोप्ने कार्य शुरु भएको सो फार्मका सञ्चालक भण्डारीले बताए । विगतका वर्षमा किसानले उत्पादन गरेको गोठेमल प्रयोग नभएपछि खेर जाने गर्थ्यो । यस वर्षदेखि अवस्था फरक बनेको छ । किसानले उत्पादन गरेको गोठेमल फार्मले खरिद गरेपछि यहाँका किसानलाई आर्थिक उन्नतिमा केही सहज भएको स्थानीयवासी विष्णु धितालले बताए ।

किसानले गोठेमल बिक्री हुन्छ भनेर सोचेका पनि थिएनन् । फार्मले मल खरिद गरेपछि किसान भने खुशी भएका छन् । प्रत्येक किसानको घरमै पुगेर फार्मले गोठेमल खरिद गरेको फार्मका सञ्चालक भण्डारीले बताए । फार्मका लागि आवश्यक पर्ने गोठेमल गुठीचौर एग्रो फार्मले किसानबाट खरिद गरेको हो । फुजी स्याउका बिरुवा लगाउनुपूर्व खनिएका खाल्डामा मल प्रयोग गर्नका लागि किसानबाट गोठेमल खरिद गरिएको एग्रो फार्मले जनाएको छ । माटोमा फसफोरसको कमी भएकाले रु सात लाखको बोनमल पनि फार्मले खरिद गरेको छ । स्याउका बिरुवाका लागि रु २५ लाखको मल खरिद गरेको फार्मका व्यवस्थापक केसी भण्डारीले बताए ।

ठूलो परिमाणमा किसानबाट मल खरिद गरिएको छ । गाई, गोरु र भैँसीको हड्डी कुहाएर बनाइएको बोनमल फार्ममा प्रयोग भएको छ । जलजलामा १५० हेक्टर जमिनमा देशको सबैभन्दा ठूलो फुजी स्याउको बगैँचा निर्माण हुन लागेको सञ्चालक भण्डारीले बताए । व्यक्तिगत लगानीमा देशकै ठूलो स्याउ बगैँचा भण्डारीले निर्माण गरेका हुन् ।

सञ्चालक भण्डारीले भने, ‘बगैँचा निर्माणका लागि रु आठ करोड खर्च भएको छ ।’ बीस वर्षको उमेरदेखि जडीबुटी व्यापारमा संलग्न भण्डारी ४८ वर्षको उमेरमा कृषि क्षेत्रमा फर्किएका छन् । झण्डै २८ वर्षपछि भण्डारी कृषि क्षेत्रमा जोडिएका हुन्।

सो स्याउ बगैँचा कृषि स्रोत केन्द्रका रूपमा स्थापित हुने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वन एकाइ जुम्लाका प्रमुख नमराज भण्डारीले बताए । जिल्लामा झण्डै तीन हजार ४५० हेक्टरमा स्थानीय जातको स्याउ उत्पादन हुने गरेको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ । पछिल्लो समयमा जिल्लाका किसान फुजी जातको स्याउ व्यावसायिक खेतीमा आकर्षण भएका छन् ।

प्रतिक्रिया दिनुहोस