काठमाडौँ । नेकपा एमालेको नेपाल-खनाल समूहको स्थायी कमिटी बैठक बुद्धनगरमा बसिरहेको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले २७ प्रतिनिधिसभा सदस्यलाई स्पष्टीकरण सोधेपछि स्थायी कमिटी सदस्यहरुको बैठक बसेको हो ।बैठकमा अब कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल हुने बताइएको छ ।
यसअघि मंगलबार बसेको नेपाल समूहका सांसदहरुको बैठकले पार्टीले सोधेको स्पष्टीकरणको जवाफ दिने निर्णय गरेको थियो ।