२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पेट्रोलियम पदार्थ लोड-अनलोड गर्न अत्याधुनिक प्रविधि

अ+ अ-

काठमाडौँ । नेपाल आयल निगमले लुम्बिनी प्रादेशिक कार्यालयमा अत्याधुनिक प्रविधि जडान गरेर पेट्रोलियम लोड-अनलोड गर्ने कार्य शुभारम्भ गरेको छ । उक्त प्रविधिको आज एक कार्यक्रमको आयोजना गरी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्यालले उद्घाटन गरे ।

सचिव अर्यालले पेट्रोलियम पदार्थको कारोवारलाई व्यवस्थित र सहज बनाउन सो प्रविधि जडान गरिएको बताए । उक्त प्रविधि जडान गर्दा कार्यालय क्षेत्र वरिपरि भएका बस्तीसमेत सुरक्षित र विकास तथा विस्तारका लागि सहयोग आवश्यक रहेको बताए ।

निगमका कार्याकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले आधुनिक प्रविधिमार्फत पेट्रोलियम पदार्थको कारोवारलाई व्यवस्थित र सुरक्षित बनाउँदै लैजाने जानकारी दिए । उनले लुम्बिनी प्रदेशसँगै अन्य कार्यक्षेत्रमा पनि आधुनिक प्रविधिको प्रयोग गरी पेट्रोलियम पदार्थको कारोवारलाई अगाडि बढाउने बताए । निगमले अन्तर्राष्ट्रिय मापदण्डअनुसार अत्याधुनिक प्रविधिको प्रयोग गरी पेट्रोलियम पदार्थ लोड–अनलोड गर्न शुरु हो । एपिआइ मापदण्डअनुसार पाइप लाइन जडान, भल्भ, पम्प जडान साथै ट्याङ्कर/ट्रक लोड गर्न अत्याधुनिक लोडिङ आम्स जडान गरिएको छ ।

रु दुई करोड ५० लाख लागतमा उक्त प्रविधि जडान गरिएको निगमका कार्याकारी निर्देशक पौडेलले जानकारी दिए । उनका अनुसार तीनवटा पम्प जडान गरेर आठ घण्टामा करिब १० लाख लिटरसम्म पेट्रोलियम पदार्थ लोड गर्न सकिने छ । यसअघि सो कार्यालयबाट आठ घण्टामा तीन/चार लाख लिटर मात्र लोड गर्न सक्ने अवस्था रहेकामा नयाँ प्रविधि जडानसँगै कार्यालयको क्षमता तीन गुणासम्म बढेको छ ।

उक्त डिपोमार्फत लुम्बिनी प्रदेशका आठ जिल्लामा दैनिक १० लाखदेखि ११ लाख डिजेल र तीन लाख लिटर पेट्रोल/मट्टितेल र हवाई इन्धन बिक्री हुँदै आएको छ । नयाँ प्रविधि जडानसँगै विभिन्न जिल्लाबाट पेट्रोलियम पद्धार्थ लिन आउने तथा भारतका विभिन्न स्थानबाट पेट्रोलियम पदार्थ लिएर आएका ट्याङ्कर लोड-अनलोड गर्न, भारतबाट तेल लिएर आएका ट्याङ्करलाई सोझै डिलरतर्फ पठाउनुपर्ने बाध्यता अन्त्य भएको प्रादेशिक कार्यालयले जनाएको छ । नयाँ पूर्वाधार सञ्चालनमा आएसँगै मागअनुसार पेट्रोलियम पदार्थ लोड-अनलोड गरी समयमै पेट्रोलियम पदार्थ आपूर्ति गर्न सक्ने सहज भएको कार्यालयले जनाएको छ ।

पार्किङस्थल विस्तार

नयाँ प्रविधि जडानसँगै लुम्बिनी प्रादेशिक कार्यालयको पार्किङसमेत विस्तार गरिएको छ । पर्याप्त पार्किङ सुविधा नहुँदा ट्याङ्कररट्रक राख्न समस्या हुने गरेकामा पार्किङस्थल विस्तारपछि १०० ट्याङ्कररट्रक पार्किङ गर्न सकिने निगमले जनाएको छ ।

यसैगरी दुर्घटनाबाट बच्न इलेक्ट्रिकल सिस्टमलाई थप प्रभावकारी बनाउने, इलेक्ट्रिकल सप्लाई निरन्तर बनाउने उद्देश्यले इलेक्ट्रिक प्यानल बोर्ड, एटियस प्यानलको जडानसहितको इलेक्ट्रिकल प्यानल हाउस निर्माण गरेको छ । नेपाल पेट्रोलिय डिर्लस राष्ट्रिय एशोसिएशनका अध्यक्ष लिलेन्द्रप्रसाद प्रधानले पेट्रोलियम पदार्थ भण्डारणको डिपोलाई आधुनिकीकरण गरेसँगै व्यवसायीलाई सहज हुने बताए । उनले नयाँ प्रविधिको विकाससँगै व्यवसायीले कारोवार गरेवापतको कमिशन बढाउँदै लैजानुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस