कृषि सेवाको रिक्त एक सचिव पदमा तीन जनाको नाम सिफारिस « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

कृषि सेवाको रिक्त एक सचिव पदमा तीन जनाको नाम सिफारिस


१५ मंसिर २०७७, सोमबार


काठमाडौँ । सचिव बढुवा सिफारिस समितिले कृषि तथा वन सेवा तर्फ रिक्त एक सचिव(विशिष्ट श्रेणी) पदका लागि तीन जना सहसचिवको नाम सिफारिस गरेको छ ।

लोक सेवा आयोगका अध्यक्ष उमेश मैनालीको अध्यक्षतामा आइतबार बसेको बढुवा सिफारिस समितिको बैठकले सचिवत्रय डा. कृष्ण प्रसाद आचार्य, पेमनारायण कँडेल र निरु दाहाल पाण्डेको नाम सिफारिस गरेको हो ।

डा. आचार्य उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, कर्णाली प्रदेशका सचिव छन् भने कँडेल राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक र पाण्डे प्रदेश नम्बर १ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको सचिवमा कार्यरत छिन् । आचार्य र कँडेलमध्ये एक जना सचिवमा सिफारिस हुनेछन् । सम्भवत कँडेल नै सिफारिस हुन सक्ने उच्च स्रोत बताउँछ ।

अब बस्ने मन्त्रिपरिषद् बैठकले सचिव बढुवा गर्ने निर्णय गर्नेछ ।

दुई जना बन र एक जना कृषितर्फबाट सिफारिसमा परेका मध्ये कृषिका गोविन्द शर्मा पहिलो नम्बरमा पर्ने भए पनि उनको कार्य सम्पादन मूल्याङ्कन(कासमु) काटिएकोले उनी सिफारिस हुन सकेनन् भने विमल कुमार निर्मल पनि सहसचिवबाट नै घर जाने भएका छन् । उनको पनि कासमु काटिएकोले उनी भन्दा कनिष्ठ सहसचिव दाहाल तेस्रो नम्बरमा सिफारिस भइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस