धादिङमा ट्रकको ठक्करबाट एकको मृत्यु « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

धादिङमा ट्रकको ठक्करबाट एकको मृत्यु


३ मंसिर २०७७, बुधबार


धादिङ । त्रिभुवन राजपथअन्तर्गत धादिङको धुनिबेँसी नगरपालिका–७ खानीखोलामा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा धुनिबेँसी नगरपालिका–७ का आठ वर्षीय रीतेश तामाङ रहेको इलाका प्रहरी कार्यालय धुनिबेँसीका प्रमुख प्रहरी निरीक्षक रुपा थापाले जानकारी दिए ।

काठमाडौँबाट नारायणघाटतर्फ जाँदै गरेको ना६ख ४९४७ नंको ट्रकले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको उनले बताए ।

घटनापछि बजारवासीले क्षतिपूर्तिको माग गर्दै राजमार्ग अवरुद्ध गरेका छन् । ट्रक र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस