रौतहटमा आजदेखि मङ्सिर १७ सम्म निषेधाज्ञा « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

रौतहटमा आजदेखि मङ्सिर १७ सम्म निषेधाज्ञा


२१ कार्तिक २०७७, शुक्रबार


रौतहट । जिल्ला प्रशासन कार्यालय रौतहटले २६ दिनको लागि निषेधाज्ञा जारी गरेको छ । शुक्रवार एक सूचना जारी चाड तिहारमा हुने भिडभाडलाई लक्षित गरेर जिल्ला प्रशासन कार्यालयले कात्तिक २१ गते मध्य राति १२ बजेदेखि लागू हुने गरी अगामी मङ्सिर १७ गते मध्य रातिसम्म २६ दिनको लागि निषेधाज्ञा जारी गरेको हो ।

जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएकोले समुदाय स्तरमा अझै कोभिड–१९ नफैलोस् भन्ने उद्देश्यका साथ जिल्ला प्रशासन कार्यालय रौतहटले निषेधाज्ञा जारी गरिएको रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताएका छन् ।

हालसम्म रौतहटमा कोभिड सङ्क्रमणले १४ जनाको मृत्यु भइसकेको छ भने १ सय ७४ जना अहिले पनि सक्रिय कोरोना सङ्क्रमित रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस