काठमाडौँ । कोरोना संक्रमणका कारण बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
बीपी प्रतिष्ठानमा उपचाररत सुनसरीको धरान–२ का ८९ वर्षीय पुरुषको गएराति ११ बजे मृत्यु भएको हो ।
प्रतिष्ठानका सहायक प्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिएको जनकारी अनुसार उनमा उच्च रक्तचापको समस्या थियो ।
यही असोज २३ गते प्रतिष्ठानमा भर्ना भएका उनमा सोही दिन कोरोना संक्रमण पुष्टि भएको थियो ।