२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डा. केसीको जीवनरक्षा गर्न आयोगको आग्रह

अ+ अ-

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले सरकारलाई असनरत डा. गोविन्द केसीको जीवन रक्षा गर्न आग्रह गरेको छ ।

आयोगका प्रवक्ता वेद भट्टराईले विज्ञप्ति जारी गर्दै वार्ता र संवादको माध्यमबाटै कुनै पनि समस्याको समाधान हुने भएकाले त्यसतर्फ समयमै सार्थक पहल गरी डा. केसीको जीवन रक्षा गर्न आग्रह गरेका हुन् ।

उनले आफ्ना माग पूरा गराउन आमरण अनसन जस्तो जीवन नै जोखिममा पर्न सक्ने जटिल विकल्प नरोज्न पनि आयोगले डा केसीलाई आग्रह गरेको छ । विज्ञप्तिमा उनले चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवा जस्तो आधारभूत मानव अधिकारको विषयमा सरकार र डा. केसीबीच विगतमा भएका सम्झौताको कार्यान्वयन अवस्था सार्वजनिक गर्न पत्राचार गरिएको उनले बताएका छन् ।

विज्ञप्तिमा सरकारलाई डा केसीको स्वास्थ्य अवस्था र उचित मागप्रति समयमै संवेदनशील बन्न समेत आग्रह गरिएको छ । डा. केसीको स्वास्थ्य अवस्था सम्बन्धमा आयोगको वागमती प्रदेश कार्यालयको टोलीले आज महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगी अनुगमन समेत गरेको छ ।

लामो समयदेखि चिकित्सा शिक्षा सुधारको लागि नेपाल सरकारसँग विगतमा भएका सम्झौताहरुको कार्यान्वयनलगायतका माग राखी पछिल्लोपटक गत भदौ २९ गतेदेखि आमरण अनसनमा रहेका डा.केसीको स्वास्थ्य अवस्था अत्यन्त चिन्तजनक बन्दै गइरहेकोप्रति आयोगको ध्यानाकर्षण भएको समेत विज्ञप्तिमा जनाइएको छ । निजको स्वास्थ्य अवस्था सम्बन्धमा सरकारबाट चासोका साथ नहेरिएको अनुगमनको क्रममा पाइएको आयोगका प्रवक्ता भट्टराईले बताए ।

प्रतिक्रिया दिनुहोस