२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चैतदेखि कटौती भएको सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिन पत्राचार

अ+ अ-

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले एकल महिला, अपाङ्गता भएका व्यक्तिलगायतले पाउँदै आएको सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिने व्यवस्था तत्काल मिलाउन सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गरेको छ ।

गत चैत्रदेखि एकल महिला र अति अशक्त अपाङ्गता भएका व्यक्तिको सामाजिक सुरक्षा भत्ता कटौती भएको पाइएपछि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले त्यसलाई निरन्तरता दिने गरी तत्काल व्यवस्था मिलाउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गरेको हो ।

‘आर्थिक वर्ष २०७७/७८ को बजेट वक्तव्यमा समेत हालसम्म दिइँदै आएका सबै प्रकारका सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिने भन्ने उल्लेख भएकाले सबै प्रकारका सामाजिक सुरक्षा भत्ताको निरन्तरता हुने व्यवस्था’ मिलाउन सो मन्त्रालयलाई पत्राचार गरिएको पत्रमा उल्लेख गरिएको छ ।

गत चैत्रदेखि एकल र अति अशक्त अपाङ्गता भएका व्यक्ति/वर्गको सामाजिक सुरक्षा भत्ता कटौती भएको भनि राष्ट्रिय अपाङ्ग महासङ्घ–नेपालले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा निवेदन दिएपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गरिएको हो । यस अघि गृह मन्त्रालयलाई पनि सोही व्यहोराको पत्राचार गरिएको थियो ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले एकल महिला, अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिकलगायतका संवेदनशील वर्ग र समुदायले यस अघि पाउँदै आएका सामाजिक सुरक्षा भत्ता कटौती हुन नदिने दृढता व्यक्त गरेका छन् । उनले केही समययता ती भत्ताहरू रोकिएको भनिएपनि त्यसलाई निरन्तरता दिन आवश्यक पहलकदमी लिइएको पनि स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस