कैलाली । कैलालीको धनगढी–१४ स्थित खुटिया खोलामा सशस्त्र प्रहरीका जवान मृत अवस्थामा फेला परेका छन् ।
सुदुरपश्चि प्रदेश प्रहरी कार्यालयका एसएसपी मुकेशकुमार सिंहले दिएको जानकरी अनुसार सुर्खेतको लेकबेसी नगरपालिका घर भएका २१ वर्षीय कुमार सारु मगरको शव खोलामा टाउको बाहिर र जिउ भित्र भएको अवस्थामा फेला परेको हो ।
खोलामा रहेको शवलाई सशस्त्र प्रहरीको गोताखोरले उनको शव निकालेको थियो । शव पोष्टमार्टमको लागि सेती प्रादेशी अस्पताल धनगढीमा राखिएको छ ।
मगरको मृत्युको के कारणले भएको हो भन्ने जानकारी नभएको र शवको पोष्टमार्टमपछि मृत्युको कारण खुल्ने एसएसपी सिंहले बताए ।
कुमार सारु बोर्डअर आउट पोष्ट बेस जुगेडा कैलालीमा कार्यरत थिए ।