८ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘निर्वाचन पद्धतिमा सुधार नगरे लोकतन्त्र स्थिर हुँदैन’ : ढुङ्गाना

अ+ अ-

काठमाडौँ । पूर्वसभामुख दमननाथ ढुङ्गानाले वर्तमान निर्वाचन पद्धतिमा सुधार नगरे लोकतन्त्र स्थिर हुन नसक्ने बताएका छन् । अन्तरराष्ट्रिय लोकतन्त्र दिवस १५ सेप्टेम्बरका अवसरमा जुम प्रविधिबाट आज आयोजित लोकतन्त्र संवादको ३४ औँ शृङ्खलामा उनले लोकतान्त्रिक शासन व्यवस्था स्थिर बनाउन निर्वाचन पद्धति सुधारका लागि उच्चस्तरीय आयोग गठन गर्न माग गरे ।

सत्य निरुपण र मेलमिलाप आयोगका काम पूरा नभई शान्ति प्रक्रिया अलपत्र छाडिनु पनि लोकतन्त्रप्रति चुनौती बनेको उनको विश्लेषण थियो ।

सो अवसरमा नेपाल पत्रकार महासङ्घका पूर्वसभापति तारानाथ दाहालले सन् १९९७ सेप्टेम्बर १५ मा शुरु भएको अन्तरव्यवस्थापिका परिषद्का १५३ सभामुखको भेलाले घोषणापत्र जारी गरी अन्तरराष्ट्रिय लोकतन्त्र दिवस मनाउन आह्वान गरेको स्मरण गरे । महासङ्घका अर्का पूर्वसभापति धर्मेन्द्र झाले जनप्रतिनिधिलाई फिर्ता बोलाउन सक्ने अभ्यासमा जाने व्यवस्था गरिनुपर्ने विचार राखे ।

राजनीतिक विश्लेषक विनोद सिंजापतिले लोकतन्त्रको हिमायती भनिने नेपाली काँग्रेसले आफ्नो आन्तरिक निर्वाचन पद्धतिमा सुधार गर्न नसक्दा दलमै समस्या देखिएको बताउँदै विकृत बन्दै गएको राष्ट्रिय निर्वाचन पद्धतिलाई सुधार गर्न आवश्यक भएको भनाइ राखे ।

वरिष्ठ अधिवक्ता नारायणप्रसाद घिमिरेले लोकतन्त्रले सुशासन र कानूनको शासनलाई पालना गर्छ भन्ने विश्वासले यसप्रतिको आकर्षण विश्वमा बढे पनि पछिल्लो समय यसलाई सत्तामा पुग्ने भ¥याङका रुपमा मात्र उपयोग गरिएको सुनाए ।

पूर्वसांसद विन्दादेवी आले रानाले राजनीतिक दल मात्र बढेर दबाब समूह नहुँदा लोकतन्त्रका लागि चुनौती थपिएको बताए । सङ्घीयताका अध्येता डा. रुद्र शर्माले वर्तमान संविधानमा पनि सहभागितामूलक लोकतन्त्र भए पनि व्यवहारमा आउन नसकेकाले चुनौती देखिएको भनाइ राखे।

कार्यक्रममा विनोदकुमार भट्टराई, टीकाराम न्यौपाने, विष्णु पन्थी, नारायण भट्टराईलगायतले गोविन्द केसीले उठाइरहेका जनताको स्वास्थ्यका विषयमा काँग्रेस, कम्युनिष्टलगायत दल गम्भीर बन्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस