१ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ओली-प्रचण्डको अब विवादमा नफिर्किने बाचा (हेर्नुस् पूर्णपाठ)

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब पुरानो विवादतर्फ नफर्किने वाचा गरेका छन् । अध्यक्षद्वयले नेकपा स्थायी कमिटीको पाँचौँ बैठकबाट अब पार्टीभित्र विवाद नहुने कुरा सुनिश्चित गरेका हुन् ।

‘पार्टीभित्र देखा परेको विवाद वा मतभेदका सम्बन्धमा स्थायी कमिटीको पाँचौँ बैठक समापनको मिति २०७७ भदौ २६ गतेलाई पुरानो विवादतर्फ नफर्किने निश्चित समय निर्धारण गर्ने र पुनः त्यसप्रकारको अन्तर्विरोधपूर्ण विवाद नहुने कुरो सुनिश्चित गर्ने’ निर्देशनमा भनिएको छ,‘सार्वजनिकरुपमा गरिने तथ्यहीन र अमर्यादित आरोप प्रत्यारोप बन्द गर्ने, आफ्नो मत वा असहमति कमिटी प्रणालीअन्तर्गत मर्यादितरुपमा राख्ने ।’

‘गुटबन्दीपूर्ण क्रियाकलाप नगर्ने, गुटगत गतिधिलाई संरक्षण, प्रश्रय र प्रोत्साहन नदिने, अनेकता, अराजकता, अनुशासनहीनता र गुटबन्दीपूर्ण कार्यलाई अनुशासनात्मक कारबाहीको विषय बनाउने र पार्टी विधानबमोजिम कारवाही गर्ने ।’

यस्तै पाँचौँ बैठकको निर्देशनबाट सबै तहका पार्टी कमिटीमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गरिने छ । ‘सबै तहका पार्टी कमिटीमा ३३ प्रतिशत महिला सहभागिता लाई कार्यान्वयन गर्ने लगायतका राजनीतिक दलसम्बन्धी कानुनी व्यवस्था महाधिवेशन र अधिवेशनका मञ्चहरू मार्फत कार्यान्वयन गर्ने’ निर्देशनमा भनिएको छ ।

पार्टी एकताको महत्त्वलाई आत्मसात् गर्ने, पद्धति र संस्थागत प्रणालीलाई सबल तुल्याउन, अध्यक्षद्वयको कार्यविभाजन तथा कार्यभार स्पष्ट गर्ने, पार्टी एकताका बाँकी काम सम्पन्न गर्ने, एकताको राष्ट्रिय महाधिवेशन आयोजना गर्ने, संसदीय दलको भूमिकालाई प्रभावकारी बनाउने, एमसीसी, प्रतिष्ठानहरूको व्यवस्थापन निश्चित गर्ने लगायतका काम गर्ने निर्देशनमा उल्लेख छ ।

अध्यक्षदुवयले पाँचौँ बैठकलाई विवाद समाधानको अन्तिम विन्दु मानेर अब कहिल्यै विवादमा नफर्किने भनेका छन् । अध्यक्ष द्वयले १९ पेज लामो अन्तरपार्टी निर्देशन जारी गर्दै पाँचौँ बैठकलाई विवाद समाधानको विन्दु मानेको बताएका छन् । अन्तरपार्टी निर्देशनमा दुवै अध्यक्षले हस्ताक्षर गरेका छन् ।

यस्तो छ अन्तर पार्टी निर्देशन :

प्रतिक्रिया दिनुहोस