काठमाडौं । आज थप ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप ५७ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको बताए।
यो सँगै नेपालमा कोरोना संक्रमितको संखया १७ हजार ५ सय २ जना पुगेको छ । सक्रिय संक्रमितको संख्या ५ हजार ८२५ रहेको छ।