मन्त्रिपरिषद् बैठक बस्दै, लकडाउनको मोडालिटीबारे थप निर्णय आउन सक्ने « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

मन्त्रिपरिषद् बैठक बस्दै, लकडाउनको मोडालिटीबारे थप निर्णय आउन सक्ने


२२ जेष्ठ २०७७, बिहिबार


काठमाडौँ । लकडाउनको मोडालिटीबारे छलफल गर्न बिहीबार मन्त्रिपरिषद् बैठक बस्दैछ।

प्रधानमन्त्री निवास बालुवाटारमा ४ बजे बस्ने बैठकमा लकडाउन मोडालिटी तय हुने एक मन्त्रिले प्रशासनलाई बताए ।

बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विभिन्न क्षेत्रका विज्ञहरूसँग ४ घण्टा लामो छलफल गरेका थिए।

छलफलमा उपस्थित अर्थशास्त्री, योजनाविद्, जेण्डरविज्ञ, सामाजिक अभियन्ता, चिकित्सक, जनस्वास्थ्यविद् लगायत व्यवसायीहरुले लकडाउनखुकुलो पार्नु पर्ने धारणा राखेका थिए।

यसै बिच केही व्यवसायीहरुले आज ११ बजेदेखि आफ्ना सम्पूर्ण व्यापार व्यवसाय खोल्ने निर्णय गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस