५ जेष्ठ २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संविधान संशोधनका लागि दबाबमूलक आन्दोलन गर्ने : अध्यक्ष यादव

अ+ अ-

गाईघाट । समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले वर्तमान संविधान संशोधनको लागि आफूहरुले दबाबमूलक आन्दोलन गर्ने बताएका छन् । सोमबारउदयपुर जिल्लाको सदरमुकाम गाईघाटस्थित सिटीहलमा सञ्चालन भएको प्रदेश नम्बर १ स्तरीय समाजवादी पार्टीको दुईदिने कार्यकर्ता प्रशिक्षण सम्पन्न भेलालाई सम्बोधन गर्दै अध्यक्ष यादवले अब समाजवादी पार्टीले वर्तमान संविधान संशोधनको लागि शान्तिपूर्ण आन्दोलनको अभियान शुरु गर्ने बताएका हुन् ।

उनले विगतमा हाल सरकारमा रहेको नेकपा र प्रतिपक्षमा रहेको नेपाली काँग्रेसले मधेशी, आदिवासी जनजाति तथा महिलाको अधिकारको लागि पूर्ण समावेशी तथा समानुपातिक अधिकारको व्यवस्थापन गर्न संविधान संशोधन गर्ने प्रतिबद्धता गरेपनि अहिलेसम्म सो कुरा पूरा हुन नसकेको कारण आफ्नो पार्टी शान्तिपूर्ण सङ्घर्षमा जानु परेको स्पष्ट पारेका छन् ।

आइतबार शुरु भएको प्रदेश स्तरीय पार्टी प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै अर्का अध्यक्ष डा बाबुराम भट्टराईले वर्तमान निर्वाचन प्रणाली ठीक नभएको कारण देशमा व्यापक भ्रष्टाचार बढेको धारणा राखेका थिए । उनले अबको दुई वर्षभित्र समाजवादी पार्टीलाई देशको ठूला राजनीतिक दलको क्षमता र सङ्ख्याको हैसियतमा पुर्‍याउने प्रतिवद्धताका साथ अहिले पार्टी प्रशिक्षण तथा विस्तार अभियान शुरु गरिएको बताए ।

प्रशिक्षण कार्यक्रममा अर्का वरिष्ठ नेता अशोक राईले देशमा भ्रष्टाचार व्यापक बढ्दै गएको कारण यसको सुधार गर्नको लागि अब निर्वाचन प्रणाली पूर्ण समानुपातिक बनाउनुपर्ने र खर्चिलो प्रत्यक्ष निर्वाचन प्रणाली हटाउनुपर्ने धारणा राखे ।

दुईदिने प्रशिक्षण कार्यक्रममा प्रदेश नं १ को १४ जिल्लाको झण्डै २५० कार्यकर्ताको सहभागिता रहेको सो पार्टीले जनाएको छ । प्रशिक्षणमा सहभागीलाई अध्यक्ष डा बाबुराम भट्टराई, वरिष्ठ नेता अशोक राई, उपाध्यक्षहरु युवराज कार्की, रकम चेमजोङ, हेमराज राईले प्रशिक्षण दिएका थिए ।

प्रतिक्रिया दिनुहोस