सशस्त्र प्रहरी सहायक हवल्दार चौधरीविरुद्ध भ्रष्टाचार मुद्धा « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

सशस्त्र प्रहरी सहायक हवल्दार चौधरीविरुद्ध भ्रष्टाचार मुद्धा


५ माघ २०७६, आइतबार


अख्तियार

काठमाडौं । घुस लिएको आरोपमा रुपन्देहीको विष्णुपुरा बेसक्याम्पमा कार्यरत सशस्त्र प्रहरीका सहायक हवल्दार बिरेन्द्रप्रसाद चौधरीविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्धा दायर भएको छ ।

भारतीय बजारबाट घरासयी सामान ओसार(पोसार गर्न सहजीकरण गरिदिने भन्दै ६ हजार रुपैयाँ घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चौधरीविरुद्ध मुद्धा दायर गरेको हो ।

चौधरीलाई अख्तियारको टोलीले घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो ।

अनुसन्धानको क्रममा चौधरीले सेवाग्राहीसँग घुस लिएको तथ्य पुष्टि हुन आएकोले उनीविरुद्ध मुद्धा दायर गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस