काठमाडौं । काठमाडौंस्थित त्रिचन्द्र कलेजका क्याम्पस प्रमुखलाई कुटपिट गरेको आरोपमा सत्तारुढ दल नेकपाको विद्यार्थी संगठन अनेरास्ववियूका दुईजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा अनेरास्ववियू क्याम्पस संयोजक गोविन्द थपलिया र मनराज थापा छन् । महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी उत्तमराज सुवेदीका अनुसार सोमबार बिहान गेटबाट भित्र छिर्न खोज्दा क्याम्पस प्रमुख प्रदीप बहादुर न्यौपानेमाथि हातपात भएको हो ।
उनको वीर अस्पतालमा उपचार भइरहेको छ । अनेरास्ववियूले शुल्क वृद्धिको विरोधमा क्याम्पस प्रमुखमाथि हातपात गरेको बताइएको छ ।