२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राजस्व कार्यालयभित्र जिउँदै जलाइयो महिला अधिकारीलाई, बचाउन खोज्ने पुरुष कर्मचारीको पनि मृत्यु

अ+ अ-

काठमाडौं । भारतको तेलङ्गाना राज्यमा सम्पत्तिसम्बन्धी एउटा विवादमा एक राजस्व अधिकारीलाई जिउँदै जलाएर हत्या गरिएको छ ।

सोमबार सरकारी कार्यालयभित्र विजया रेड्डी नामक महिला अधिकारीको जिउँदै जलाएर हत्या गरिएको हो । उनलाई जोगाउन खोज्ने एक पुरुष कर्मचारीको पनि मङ्गलवार उपचारका क्रममा मृत्यु भएको जनाइएको छ ।

प्रहरीले आक्रमणकारीलाई नियन्त्रणमा लिइएको जनाएको छ। आक्रमणकारीको शरीर पनि आगोले पोलेको छ।

सोमवार दिउँसो १ः३० बजेतिर अदालतको एउटा सुनुवाइबाट फर्किएपछि रेड्डीमाथि साङ्घातिक आक्रमण गरिएको थियो। उनकै कार्यालयमा भेट्न आएका के सुरेश नामक व्यक्तिले उक्त आक्रमण गरेको प्रहरीको भनाइ छ।

रेड्डीलाई जोगाउन गएका दुई कर्मचारी पनि आगोले पोलेर घाइते भएका थिए।

तेलङ्गानाको राजधानी हैदराबादभन्दा ३२ किलोमिटर पर उक्त घटना भएको थियो। प्रत्यक्षदर्शीहरूका अनुसार शरीर जलेर घाइते भएका सुरेश उक्त सरकारी भवनबाट बाहिर भागे। प्रहरीले उनलाई सडकमा फेला पार्‍यो र अस्पताल लग्यो।

एक वरिष्ठ प्रहरी अधिकारी महेश भागवत्‌का अनुसार प्रहरीले आक्रमणमा एक जना मात्रै वा बढी व्यक्ति संलग्न थिए त्यो पत्ता लगाउन खोजिँदैछ।

सन्दिग्ध सुरेश नजिकैको एउटा गाउँका निवासी हुन्। उनको परिवारले जग्गासम्बन्धी एउटा मुद्दा झेलिरहेका छन्।

घटनाको विरोध गर्दै तेलङ्गानामा कार्यरत राजस्व सेवाका कर्मचारीहरूको सङ्गठनले तीन दिनसम्म काममा नजाने घोषणा गरेको छ। उनले विगत दुई वर्षमा राजस्वका कर्मचारीसँग दुर्व्यहारका घटनाहरू भएको दाबी गरेका छन्। बीबीसी