काठमाडौँ । सत्तारुढ दलका नेताले नै भारतीयले जारी गरेको नयाँ नक्सामा नेपाली भूमि भारत भनी देखाएको भन्दै आपत्ति प्रकट गरेका छन्।
नेकपाका स्थायी समिति सदस्य भिम रावलले ट्विट गर्दै नेपालको लिम्पियाधुरा लिपुलेक क्षेत्र भारत सरकारले नक्शामा भारतीय भूमी भनी देखाएको प्रति आपत्ति जनाएका हुन् ।
उनले नेकपा स्थायी कमिटीको र सर्बदलीय बैठक बोलाउनुका साथै कूटनीतिक माध्यमबाट तत्काल भारतसँग वार्ता गर्नु पर्ने बताएका छन् ।
भौगोलिक अखण्डताको रक्षा गर्नु सरकारको पहिलो कर्तव्यभएको उनको भनाई छ ।
नेपालको लिम्पियाधुरा लिपुलेक क्षेत्र भारत सरकारले नक्शामा भारतीय भूमी भनी देखाएको प्रति नेपाल सरकारले आपत्ति गर्नुपर्छ । यसबारे नेकपा स्थायी कमिटीको र सर्वदलीय बैठक बोलाउनुका साथै कूटनीतिक माध्यमबाट तत्काल कुरा गरिनु पर्छ ।भौगोलिक अखण्डताको रक्षा गर्नु सरकारको पहिलो कर्तव्य हो ।
— Bhim Rawal (@BhimRawal179) November 5, 2019







