‘कुकुरबाट बलात्कार गराइएको’ भन्ने समाचारप्रति सेनाको आपत्ति « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

‘कुकुरबाट बलात्कार गराइएको’ भन्ने समाचारप्रति सेनाको आपत्ति


६ कार्तिक २०७६, बुधबार


काठमाडौँ । काठमाडौँ । द्वन्द्वकालमा एक युवतीको कुकुरबाट बलात्कार गराइयो भन्ने समाचारप्रति नेपाली सेनाले आपत्ति जनाएको छ ।

सैनिक जनसम्पर्क निर्देशनालयले बुधवार एक विज्ञप्ति जारी गर्दै द्वन्द्व कालमा यौन हिंसा पीडित युवतीको बयान–कुकुरबाट बलात्कार गराइयो भन्ने समाचारप्रति आपत्ति जनाएको हो ।

सेनाको विज्ञप्तिमा भनिएको छ ‘नेपाली सेनाको छविमा आँच पु¥याउन सक्ने तथा आमजनमानसमा सेनाप्रतिको आस्था तथा विश्वासमा समेत ठेस पुग्न सक्ने देखिएबाट सेनाप्रतिको आस्था तथा विश्वासमा समेत ठेस पुग्न सक्ने देखिएबाट प्रकाशित समाचारप्रति नेपाली सेना ज्यादै नै संवेदनशील रहेको छ’

नेपाली सेनाले उपलब्ध कुकुरहरूलाई समाचार चारमा सम्प्रेषण भए बमोजिमको कार्यको लागि तालिम दिने नीति र क्षमता नरहनुका साथै त्यस प्रकारका अपराधजन्य कार्य गर्ने कुनै औचित्यसमेत नरहेको जनाउँदै भनेको छ, ‘समाचारमा उल्लिखित जघन्य प्रकृतिको घटना सम्बन्धमा हालसम्म नेपाली सेनाको कुनै पनि निकायमा उजुरी परेको देखिँदैन ।’

साथै सेनाले विगतको द्वन्द्वका घटनाहरू सम्बन्धमा सत्य निरूपण तथा मेलमिलाप आयोगलाई सहयोग गर्न प्रधानसेनापतिबाट पटक पटक प्रतिबद्धता व्यक्त भइरहेको स्मरण गराउँदै उक्त घटनाको सम्बन्धमा पीडितलाई निर्धक्कसँग उजुरी दिन आव्हानसमेत गरेको छ ।

‘प्राप्त उजुरी उपर यथोचित छानबिन गरी सत्य तथ्य पत्ता लगाई सार्वजनिक गर्न नेपाली सेना प्रतिबद्ध एवं तत्पर रहेको छ’, विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस