मोटरसाइकल दुर्घटनामा एकको मृत्यु « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु


६ कार्तिक २०७६, बुधबार


बस दुर्घटना

डोल्पा । डोल्पामा मोटरसाइकल दुर्घटनामा परि एकजनाको मृत्यु भएको छ ।

बिहान ८ बजे त्रीपुराकोटबाट सदरमुकाम दुनै जाँदै गरेको भे८ प ९१६५ नम्बरको मोटरसाइकल भेत्ती भन्ने स्थानमा दुर्घटना हुँदा ठुलिभेरी नगरपालिका ३ बस्ने २४ बर्षका ज्ञानेन्द्र बुढाको घटना स्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । त्रीपुरा सुन्दरी नगरपालिका ३ मा पर्ने भेत्तिमा दुर्घटना हुदा बुढाको ज्यान गएको हो ।

सँगै रहेका ठुलिभेरी नगरपालिका १ का २४ बर्षका काजिमान बिक घाइते रहेको र उनको अबस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जानकारी दिएको छ । मृत्यु हुने बुढाको सवारी चालक अनुमति पत्र नभएको र कानुन अनुसार मोटरसाइकल धनीलाई समेत कारवाही हुने प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार तीव्र गतिको कारण दुर्घटना भएको हुन सक्ने जनाएको छ । मृतक बुढाको सनाखत भए पनि परिवारले शब बुझन नमानेको पोस्टमार्टम रोकिए प्रहरीले जानकरी दिएको छ ।प्रहरीका अनुसार क्षेतिपुर्तिको बिषयका कुरा नमिलेपछि परिवारले शब बुझ्न नमानेको बताएको छ । मोटरसाइकल दुर्घटनाबाट ज्यान गमाएको पहिलो घटना हो । यश भन्दा पहिला जिप, ट्र्याकटर दुर्घटनामा परि ज्यान गुमाउनेको सन्ख्या १९ जना पुगेको छ ।

बुढा र बिकले सवारी चालक अनुमती पत्र बिना चलाएको भन्दै ट्राफिक प्रहरीले जरिवाना समेत काटेको प्रहरीले जानकारी दिएको छ । त्रीपुराकोट बजारमा सामान किनेर दुनै आउदै गर्दा दुर्घटना भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस