२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रिय बहिरा क्रिकेटमा सुनसरी र मोरङ जिल्ला विजयी

अ+ अ-

काठमाडौँ । आठौँ राष्ट्रिय बहिरा क्रिकेट प्रतियोगिताअन्तर्गत बुधवार भएको खेलमा सुनसरी र मोरङ जिल्ला विजयी भएका छन् ।

पुल्चोकस्थित इन्जिनियरिङ कलेजको मैदानमा भएको खेलमा सुनसरीले कास्कीलाई ६ विकेट तथा मोरङले बाँकेलाई ४८ रनले पराजित गरेका हुन् । टस जितेर पहिले ब्याटिङ गरेको कास्कीले १७।२ ओभरमा सबै विकेट गुमाउँदै ७८ रन जोड्यो । जवाफी ब्याटिङमा उत्रेको सुनसरीले कास्कीले दिएको ७९ रनको चुनौतीलाई १०।२ ओभरमा ४ विकेट गुमाउँदै भेट्टायो ।

सुनसरीको जितमा केशव न्यौपानेले ३१ तथा रुपेश चौधरीले १७ जोडे । कास्कीलाई कमैमा समेट्ने क्रममा सुनसरीका ज्ञान सुवेदी एक्लैले तीन विकेट लिए । न्यौपाने र विवेकचन्द्र राईले दुई–दुई विकेट लिए भने निरज श्रेष्ठले एक विकेट हात पारे ।

त्यसैगरी टस जितेर पहिले ब्याटिङ गरेको मोरङले २० ओभरमा पाँच विकेट गुमाउँदै १८६ रनको योगफल बनायो । जवाफी ब्याटिङमा उत्रेको बाँके १९।५ ओभरमा सबै विकेट गुमाउँदै १३८ रनमा समेटियो । बहिरा क्रिकेट सङ्घले आयोजना गरेको उक्त प्रतियोगितामा छ टोलीको सहभागिता छ ।

प्रतिक्रिया दिनुहोस