३ जेष्ठ २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आर्थिक विकासका लागि त्रिदेशीय साझेदारीको रणनीतिक आधार तयार हुँदै : ‘प्रचण्ड’

अ+ अ-

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल, भारत र चीनबीच आर्थिक विकासको त्रिदेशीय साझेदारीको नयाँ रणनीतितर्फ जाने आधार तयार हुँदै गएको बताएका छन् ।

केही वर्ष पहिले चीन र भारतको भ्रमणमा जाँदा विशिष्ट भू–राजनीतिक अवस्थाको कारणले त्रिदेशीय साझेदारीको नयाँ आर्थिक विकासको रणनीतितर्फ जानुपर्दछ भनेर आफूले नै प्रस्ताव गरेको स्मरण गर्दै अध्यक्ष दाहालले चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणपछि अहिले राजनीतिक रुपले नै उक्त रणनीतितिर जाने समझदारी बन्दै जान थालेको उल्लेख गरे ।

चाडबाडको अवसरमा नेकपाले आज काठमाडौँमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान समारोहलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले भने, ‘टु प्लस वान भनेर राष्ट्रपति सी र नरेन्द्र मोदीका बीचमा पनि छलफल अगाडि बढेर एउटा नयाँ परिस्थिति बन्न थालेको छ, उनको भ्रमणका क्रममा गरिएका सहमति र समझदारीले नेपाल नयाँ र उज्ज्वल भविष्यतिर लम्किएको छ ।’

चीनका राष्ट्रपति सीबाट नेपाल अब भू–परिवेष्टित होइन भू–जडित देशमा परिणत गर्न हाम्रो सहयोग रहन्छ भनेर प्रतिबद्धता आइसकेकाले मुलुक विकास, समृद्धि र समाजवादको तयारीको नयाँ युगतिर प्रवेश गरेको उनले जिकिर गरे ।

अध्यक्ष दाहालले छिमेकी देशको विकासबाट हामीले लाभान्वित हुने नयाँ राजनीतिक विश्वासको वातावरण बन्दै गएको उल्लेख गर्र्दै यो भ्रमणको धेरै आयाम छन्, त्यसको नयाँ महत्वपूर्ण पक्ष राष्ट्रपति सी चिनफिङ भारतमा गएर त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीसँग छलफल गरी नेपालमा आएर जुन सद्भाव, विश्वास र समझदारीको वातावरण बनेको छ, त्यो महत्वपूर्ण छ भने। यो अवस्थामा नेपालीको काँधमा ठूलो जिम्मेवारी आएको समेत उनको भनाइ थियो ।

अध्यक्ष दाहालले सकारात्मक ढङ्गले विकसित भएको मुलुकको संवैधानिक, कानूनी र राजनीतिक वातावरणलाई राष्ट्रिय एकताका साथ राष्ट्रिय स्वाधीनता र संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्दै नेपाली जनताले चाहेको छिटोभन्दा छिटो विकास र समृद्धि हेर्ने आकाङ्क्षा पुरागर्न नयाँ सङ्कल्प गर्नु जरुरी रहेको बताए ।

शुभकामना आदानप्रदान कार्यक्रमलाई सङ्केत गर्दै अध्यक्ष दाहालले यसखालका कार्यक्रममार्फत हामीले गर्ने प्रतिबद्धता राजनीतिक दलबीच सुदृढ एकता नै हो भने ।

प्रमुख दलको सहमतिबाट संघीय लोकतान्त्रिक गणतन्त्रसहितको संविधान निर्माण गरी निर्वाचको माध्यामबाट राजनीतिक स्थायित्वको वातावरण बनाएको जिकिर गर्दै उनले यसलाई शक्तिको रुपमा लिई विकास र समृद्धिमा रुपान्तरण गर्नुपर्ने अभिभारा सबै राजनीतिक दलको काँधमा आएको बताए ।

सात दशक लामो नेपाली जनताको संघर्षको उपलब्धिको रुपमा आएको यो परिवर्तनलाई कसैले चुनौती दिन नसक्ने जिकिर गर्दै अध्यक्ष दाहालले भने, ‘अहिले पनि संसद्मा भएका सबै राजनीतिक दलहरु संविधान, विकास र समृद्धिको नारामा एकमत छौँ, एक मत भएर नै अघि बढ्छौँ ।’

प्रतिक्रिया दिनुहोस