२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सी भ्रमणलाई आर्थिक विकासको साझेदारीका रुपमा उपयोग गरिनुपर्ने

अ+ अ-

काठमाडौं । छिमेकी मुलुक चीनका राष्ट्रपति सी चीनफिङको नेपाल भ्रमणलाई आर्थिक विकासमा साझेदारी र राष्ट्रहितमा सदुपयोग गर्नुपर्नेमा राजनीतिक तथा सरोकारवाला क्षेत्रका जानकारले जोड दिएका छन् । विश्वको महाशक्ति राष्ट्रका रुपमा उदाएको चीनले अघि सारेको आर्थिक साझेदारीका अवधारणाअनुरुप आर्थिक समृद्धिको विषयलाई केन्द्रमा राखेर परराष्ट्र नीतिको अवलम्बन गर्दै नेपालको आर्थिक विकास र राष्ट्रिय स्वाधीनताको पक्षमा सम्झौता र समझदारी गरिनुपर्ने उनीहरुको सुझाव छ ।

नेपाल–चीन हिमालय मैत्रीपूर्ण समाजले आज यहाँ आयोजना गरेको ‘चिनियाँ राष्ट्रपति सी चीनफिङको नेपाल भ्रमणको उपादेयता र आर्थिक विकास र आपसी समृद्धिका लागि नेपाल चीनको साझेदारी’ विषयको अन्तरक्रियामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवास नेम्वाङले चिनियाँ राष्ट्रपति सीको भ्रमण नेपाल र नेपालीका लागि असाध्यै गर्वको विषय भएको र यसलाई नेपालको हितमा सदुपयोग गर्न सक्नुपर्नेमा जोड दिए ।

नेपालको चीन र भारतसँग विशिष्ट प्रकारको सम्बन्ध रहेको र त्यसलाई आ–आफ्नै ढङ्गले उपयोग गरिनुपर्ने उल्लेख गर्दै नेता नेम्वाङले शीघ्र प्रतीक्षाको विषय रहेको काठमाडौँ–केरुङ रेलवेको विकासले नेपाल र चीनको मात्र नभई भारतसँगको सम्बन्धलाई पनि जोड्ने बताए ।

उनले भने, ‘हामीले पहिलेदेखि नै भन्दै आएको र अहिले सीको भ्रमणको सँघारमा हामी चीन र भारतको बीचमा नेपाललाई भारत र चीन दुईवटा छिमेकीलाई जोड्ने पुल बन्न चाहन्छौँ । नेपालको सार्वभौमसत्ता र सम्मानलाई ध्यानमा राखेर मत्वपूर्ण सम्झौता हुनेछन् ।’ चीनसँग समस्यारहित असल छिमेकी मुलुकको सुमधुर सम्बन्ध रहेको र यसलाई नयाँ उचाइमा पुर्‍याई आर्थिक लाभ लिने गरी अघि बढ्नुपर्नेमा उनको जोड थियो ।

नेकपाका प्रमुख सचेतक देवप्रसाद गुरुङले नेपाल र चीनबीचको दौत्य सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउनुका साथै आर्थिक विकासको साझेदारीलाई फराकिलो बनाउँदै नेपालको समृद्धिलाई सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले भ्रमणको दौरानमा चीनको आर्थिक विकासको साझेदारीको नीतिअनुरुप नेपालले बढीभन्दा बढी लाभ लिने गरी यसअघि भएका सम्झौताको पुनरवलोकन र नयाँ सम्झौतालाई राष्ट्रिय स्वाधीनतालाई प्राथमिकता राखेर दूरगामी प्रभाव पार्ने खालका सम्झौता हुनुपर्नेमा जोड दिए ।

सचेतक गुरुङले भने, ‘नेपालको आर्थिक विकास र स्वाधीनताको रक्षाका निम्ति आर्थिक विकासको रणनीति आवश्यक छ, चिनियाँ राष्ट्रपतिको भ्रमणको अन्तर्राष्ट्रिय परिवेशमा पनि अत्यन्तै महत्व छ । अर्को महत्वपूर्ण विषय भनेको चीनसँग विगतमा भएका सहमति सम्झौताको कार्यान्वयन गर्न र रणनीतिक महत्वका नयाँ परियोजनालाई अघि बढाउन सहयोग पुग्ने देखिन्छ । रेलवे विस्तारको योजनालाई सकारात्मक ढङ्गले अघि बढाउन जरुरी छ । सहुलियत ऋण भए पनि त्यसलाई सही ढङ्गले उपयोग गर्ने गरी रेलवेको सम्झौता गरिनुपर्छ ।’

पूर्वपर्यटनमन्त्री आनन्दप्रसाद पोखरेलले समस्यारहित सम्बन्ध भएको छिमेकी मुलुक चीनका राष्ट्रपतिको भ्रमणलाई आर्थिक साझेदारी अभिवृद्धि, सार्वभौम रक्षाका समान चासो र आपसी सद्भाव र सहकार्यको पक्षमा हुने गरी उपयोग गरिनुपर्ने बताए । उनले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेकाले चीनले पनि निर्बाधरुपमा हिमाली नाका खुलाउने विषयलाई भ्रमणका दौरानमा जोडदार उठाइनुपर्नेमा जोड दिए ।

नेकपा प्रचारप्रसार विभागका उपप्रमुख सूर्य थापाले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणलाई नेपालको आर्थिक विकास र समृद्धिको हित अनुकूल सफल र फलदायी बनाइनुपर्नेमा जोड दिए । दुई तिहाइभन्दा बढी जनमत पाएको नेकपा नेतृत्वको शक्तिशाली सरकारको पालामा विश्व अर्थतन्त्रको दोस्रो ठूलो मुलुक चीनका राष्ट्र प्रमुखबाट हुने भ्रमणलाई नेपालले अधिक लाभ लिने गरी उपयोग गरिनुपर्छ भने ।

चीन विषयका जानकार डा.रुपक सापकोटाले विश्वको महाशक्ति राष्ट्रका रुपमा उदाएको चीनका राष्ट्रपतिको भ्रमणलाई आर्थिक विकासका प्राथमिकतायुक्त क्षेत्रको किटान गरी राष्ट्रिय अर्थतन्त्रको विविधीकरण र राष्ट्रिय स्वाधीनताको पक्षमा सदुपयोग गर्न सक्नुपर्छ भने ।

राजनीतिक अर्थशास्त्री कल्याण रोक्काले आर्थिकरुपमा आत्मनिर्भर र स्वाधीन मुलुकको रुपमा नेपाललाई स्थापित गर्न रेलवेजस्ता सम्पर्क सञ्जाल विस्तार अपरिहार्य छ भन्दै भ्रमणको समयमा बदलिँदो परिस्थितिलाई ध्यानमा राखी हिजो गरिएका सम्झौताको जगमा टेकेर नयाँ सम्झौता हुनुपर्ने धारणा राखे । समाजका अध्यक्ष एवं सांसद वसन्तकुमार नेम्वाङले नेपाल र चीन सम्बन्धका नयाँ आयामलाई उजागर गर्ने गरी भ्रमणलाई उपयोग गरिनुपर्नेमा जोड दिए ।रासस