२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गोरखा दरबारबाट हनुमानढोकाका लागि फूलपाती पठाइयो

अ+ अ-

गोरखा । गोरखा दरबारस्थित दशैँघरबाट काठमाडौंको हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइएको छ । विधिपूर्वक पूजाअर्चना गरी दरबारका सुसारेले आज बिहानको शुभसाइतमा फूलपातीसहितको डोली काठमाडौँ पठाएका हुन् ।

फूलपातीको डोली बा २० च ४३९४ नम्बरको निजी गाडीमा राखेर हनुमान ढोका दरबार पठाइएको गोरखा दरबार हेरचाह अड्डाका सूचना अधिकारी रामेश्वर कट्टेलले जानकारी दिए । गोरखाबाट पठाइएको फूलपाती हनुमानढोका दरबार पुर्‍याइएपछि आज साँझ हर्षबढाइका साथ हनुमान ढोका दरबारमा फूलपाती भित्र्याउने प्रचलन छ । गोरखा दरबारको दशैँ घरमा पनि आजै साँझ फूलपाती भित्र्याइन्छ ।

तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहले काठमाडौंको हनुमानढोका दरबारबाट राजकाज शुरु गरेदेखि वर्षेनी बडादशैँको सातौँ दिन गोरखा दरबारको दशैँघरबाट फूलपातीसहितको डोली काठमाडौंको हनुमानढोका दरबार पुर्‍याएर भित्र्याउने प्रचलन रहँदै आएको छ । गोरखा दरबारको दशैँ घरबाट सतिपिपलस्थित फूलपाती चौतारासम्म फूलपातीको डोली दरबारका सुसारेले बोकेर ल्याई त्यहाँबाट हनुमान ढोका दरबार पठाइएको हो ।

गोरखा दरबार हेरचाह अड्डाले गोरखा नगरपालिकाको सहयोग र सतिपिपलको एकता युथ क्लबको संयोजनमा फूलपातीको डोली हनुमानढोका दरबार पठाएको हो । दरबारस्थित दशैँ घरबाट बाजागाजा सतिपिपल चौतारासम्म ¥याली निकाली गोरखाबाट फूलपातीको बढाइँ गरिएको उनले बताए ।

यस्तै युनिटी अफ गोरखा, गोरखा धिमे पुच (नेवार समूह) का युवाले दरबारबाट सतिपिपलसम्म बाजागाजासहित नृत्य प्रस्तुत गरेका थिए । सतिपिपलबाट युवाले मोटसाइकल ¥यालीसहित फूलपातीको डोली बोकेको गाडीलाई स्कर्टिङ गरी हनुमान ढोकामा फूलपाती पठाएका हुन् । फूलपातीबाट काठमाडौं पठाउनुपूर्व सतिपिपलको फूलपाती चौतारामा आयोजित कार्यक्रममा नगर प्रमुख राजनराज पन्त, वडा नं ६ का अध्यक्ष नारायण अर्याललगायतले हनुमान ढोकामा फूलपाती पठाउने प्रचलनको चर्चा गरेका थिए ।