काठमाडौँ । एटीएमबाट पैशा चोर्ने एक चिनिया गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।
मध्यराति दरबारमार्गस्थित नविल बैंकको एटीएमबाट पैसा निकाल्दा निकाल्दै ५ जना चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुका साथबाट १ करोड २६ लाखभन्दा बढी नेपाली रुपैयाँ र ९ हजारभन्दा बढी अमेरिकी डलर बरामद भएको छ ।
पक्राउ परेकाहरुलाई महानगरीय प्रहरी परिसर टेकुमा राखिएको छ ।