कराँतेमा नेपाल च्याम्पियन « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

कराँतेमा नेपाल च्याम्पियन


प्रशासन संवाददाता

८ माघ २०७३, शनिबार


झापा । बनियानीमा आयोजित अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा नेपाल च्याम्पियन बनेको छ ।

प्रतियोगितामा १५ स्वर्ण, सात रजत र २० कास्य पदक जित्दै नेपालले उपाधि जितेको हो । यस्तै एउटा स्वर्ण, चार रजत र चार कास्य पदकका साथ भुटान दोस्रो तथा तीन रजत, एउटा कास्य पदकका साथ भारत तेस्रो भएको छ । सो प्रतियोगितामा दुई रजत र तीन कास्यसहित बङ्लादेश चौथो भएको छ ।

नेपाल कराँते महासङ्घ झापाका अध्यक्ष मिलन प्रसाईका अनुसार प्रतियोगिताका विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्ट, नेपाल कराँते महासङ्घका केन्द्रीय अध्यक्ष दाबा गुरुङ, जिल्ला खेलकुद विकास समिति झापाका अध्यक्ष शङ्कर थापा, उपाध्यक्ष प्रसान्त भण्डारीलगायतले पुस्कार प्रदान गरे । प्रतियोगितामा नेपाल, भारत, भुटान र बङ्गलादेशका २३० खेलाडीको सहभागिता रहेको थियो । रासस

प्रतिक्रिया दिनुहोस