२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सार्वजनिक यातायातमा ज्येष्ठ नागरिक सिटको अनुगमन गरिने

अ+ अ-

काठमाडौं । सार्वजनिक यातायातमा ज्येष्ठ नागरिक आरक्षण सिट, भाडामा दिइँदै आएको छुट र उनीहरुले यात्रामा भोग्नु परेका समस्याबारे अनुगमन गरिने भएको छ ।

सार्वजनिक यातायातमा प्रभावकारी अनुगमनको माग गर्दै आज यातायात व्यवस्था विभाग पुगेका अग्रज समाज नेपाल र ज्येष्ठ नागरिक संघर्ष समितिका प्रतिनिधिसँगको भेटघाटका क्रममा विभागले सो प्रतिबद्धता जनाएको हो । विभागका निमित्त महानिर्देशक प्रेमकुमार सिंहले विगत एक दशक पहिलेदेखि अनुगमन हुँदै आएकामा आगामी दिनमा अझै बढाइने बताए ।

सवारी साधनले ज्येष्ठ नागरिकका लागि सिट आरक्षण नगरेर वा ५० प्रतिशत छुट नदिँदा कारवाही गरिने उनले बताए । ज्येष्ठ नागरिकसमेत सङ्लग्न गराएर अनुगमन गराइने उनले प्रतिबद्धता जनाए । उनले भने, ‘अहिले शुरु गरेर दशैँलगायतका चाडपर्वमा अनुगमन बढाइनेछ ।’

समितिका अध्यक्ष महाप्रसाद पराजुलीले काठमाडौँ उपत्यका भित्र छुट र आरक्षण सिट पूर्णरुपले कार्यान्वयन नभएको बताए । काठमाडौँ उपत्यका बाहिर जाने लामो दुरीको यातायातमा भने छुट र आरक्षण सिट कार्यान्वयन नै नभएको उनले जानकारी दिए । उनले भने, ‘पहिले कार्यालयले नियमित अनुगमन गर्दा कार्यान्वयन भए पनि अहिले अनुगमन पातलो हुँदा छैन ।’

संस्थाका उपाध्यक्ष सीताराम ढकालले संस्थाले विसं २०६७ देखि नै नियमित रुपमा सरकारलाई ज्येष्ठ नागरिकलाई दिनुपर्ने सुविधाका विषयमा घचघच्याइरहेको बताए । विभागका निर्देशक बन्धुप्रसाद बाँस्तोलाले पहिले यातायात व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी विभागको भए पनि अहिले प्रदेश सरकारको भएको बताए ।