२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अझै अन्योलमा कुलेखानी तेस्रो

अ+ अ-

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–१ स्थित निर्माणाधीन कुलेखानी तेस्रो जलविद्युत् आयोजनाको परीक्षण उत्पादन अझै अन्योलमा रहेको छ । विगत ११ वर्षदेखि निर्माणाधीन रहेको आयोजनाको असार मसान्तबाट परीक्षण उत्पादन शुरु हुने भनिए पनि निर्माणको ठेक्का पाएको चीनको जेजियाङ जियालिङ कम्पनीले आवश्यक प्राविधिक समयमै नल्याउँदा परीक्षण उत्पादन अन्योलमा परेको हो ।

आयोजना प्रमुख सुवास मिश्रको अनुसार असार दोस्रो साता नै कुलेखानी तेस्रोको विद्युत् गृहमा जडान गरिएका उपकरणको पहिलो चरणको परीक्षण सफलतापूर्वक सम्पन्न भए पनि अन्तिम परीक्षणका लागि आवश्यक प्राविधिक समयमै नआउँदा तोकिएको समयमा उत्पादन परीक्षण शुरु गर्न नसकिएको हो । चिनियाँ कम्पनीले चीनबाट ल्याउनुपर्ने प्राविधिक नल्याउँदा तोकिएको समयमा परीक्षण उत्पादन गर्न नसकिएको आयोजना प्रमुख मिश्रले बताए ।

आयोजनाको निर्माण सम्पन्नको लागि आयोजनामा कार्यरत सबैजनाले धेरै पटक आग्रह गरेको भए पनि ठेक्का पाएको कम्पनी गम्भीर नहुँदा समस्या भएको आयोजना प्रमुख मिश्रको भनाइ छ । उनले भने, ‘चिनियाँ प्राविधिकले परीक्षण गरेपछि परीक्षणको कार्य सकिनेछ ।’

आयोजना प्रमुख मिश्रले उत्पादनसँगै राष्ट्रिय प्रसारणमा जोड्नका लागि एउटा टावर निर्माण गर्ने र तार तान्ने काम मात्र बाँकी रहेको बताए । मिति नै तोक्ने अवस्था नरहे पनि लगभग सबै काम सकिएकाले छिट्टै नै राष्ट्रिय प्रसारण लाइनमा जोड्ने काम सम्पन्न गरिने उनको भनाइ छ ।

उनका अनुसार एउटा टावरको २० प्रतिशत काम मात्रै सकिन बाँकी रहेको छ । यस आयोजनाको सिभिल र मेकानिकलतर्फको काम अन्तिम चरणमा पुगे पनि परीक्षण उत्पादन नै शुरु नहुँदा मुख्य समस्या भएको उनले बताए ।

वार्षिक सरदर ४० दशमलव ६५ गिगावाट घण्टा विद्युत् उत्पादन गर्ने क्षमता रहेको यस आयोजनाको काम सन् २०१२ मा सम्पन्न गर्ने लक्ष्यका साथ सन् २००८ अप्रिल २७ देखि निर्माण कार्य शुरु भएको थियो ।

आयोजना ठेकेदार कम्पनी, प्राधिकरणको ढिलासुस्ती र स्थानीयवासीको अवरोधका कारण तोकिएको समयमा काम सम्पन्न नहुँदा पटकपटक म्याद थप्न नेपाल विद्युत् प्राधिकरण बाध्य भएको थियो । करीब रु दुई अर्ब ४३ करोडमा निर्माण सम्पन्न गर्ने लक्ष्यका रहेको परियोजनाको लागत वृद्धि भएर रु चार अर्ब ६३ करोड पुगे पनि अझै उत्पादन मिति भने सुनिश्चित भइसकेको छैन ।