काठमाडौं । पाकिस्तानसँग पराजित भएसँगै दक्षिण अफ्रिका विश्वकप क्रिकेटबाट बाहिरिएको छ ।
लर्डसमा आइतबार राति सम्पन्न खेलमा पाकिस्तानसँग दक्षिण अफ्रिका ४९ रनले पराजित हुँदै विश्वकप क्रिकेटबाट बाहिरिएको हो ।
पाँचौं पटक खेलमा हार ब्यहोरेसँगै दक्षिण अफ्रिका विश्वकपबाट बाहिरिएको छ । योसँगै विश्वकप क्रिकेटबाट बाहिरिने दक्षिण अफ्रिका दोस्रो देश बनेको छ ।
यसअघि अफगानिस्तान विश्वकपबाट बाहिरिएको थियो ।
३०९ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २५९ रन मात्रै बनाउन सकेको थियो ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा ३०८ रन बनाएको थियो ।
जितसँगै पाकिस्तानको सेमिफाइनल पुग्ने सम्भावना कायमै रहेको छ । पाकिस्तानले ६ खेलबाट ५ अंक बनाएको छ ।