म्याग्दी । म्याग्दीमा जिल्ला सैनिक बोर्डको कार्यालयको स्थापना गरिएको छ । भारतीय सेनाबाट निवृत्त सैनिकको सुविधाको लागि सदरमुकाम बेनीमा स्थापना भएको बोर्डको भारत सरकारका रक्षा सहचारी कर्नेलअवनिश चाम्बियलले उद्घाटन गरेका हुन् ।
भारत सरकार र नेपाल सरकारबीचका सम्झौता अनुसार म्याग्दीबासीको माग र आवश्यकतालाई ध्यानमा राखी म्याग्दीमा जिल्ला सैनिक बोर्डको स्थापना गरिएको कर्नेल चाम्बियलले बताए ।
बोर्ड स्थापनासँगै भारतीय सेनाबाट अवकाशप्राप्त भुपू सैनिकले पाउने सेवासुविधा जिल्लामै पाउने छन् ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले सैनिक बोर्डले भुपू सैनिकलाई ठूलो टेवा पुग्ने विश्वास व्यवक्त गरेका छन् ।
म्याग्दीमा पाँच हजार भन्दा बढी भारतीय भुपू सैनिक रहेको तथ्याङ्क छ । भुपू सैनिकको १६ वर्षसम्मको सङ्घर्षपछि जिल्लामा सैनिक बोर्डको स्थापना भएको भुपूसैनिक कल्याणकारी सेवा केन्द्र म्याग्दीका अध्यक्ष मीनबहादुर कार्कीले बताए ।