२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शेयर बजार दोहोरो अङ्कले घट्यो

अ+ अ-

काठमाडौं । साताको पहिलो दिन आज शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ११.९३ बिन्दुले घटेर एक हजार ३०२.६१ अङ्कमा झरेको छ ।

यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत २.८२ अङ्कले घटेर २७७.५६ मा ओर्लिएको छ । रु एक अर्बमाथिको कारोवार हुँदै आएको बजारमा आज कारोवार रकममा समेत गिरावट आएको छ । कूल १६५ कम्पनीको २० लाख ५४ हजार २८६ कित्ता शेयर रु ६२ करोड ६२ लाख एक हजार ६६६ मूल्यमा खरीद बिक्री भए ।

स्टकका अनुसार कारोवार भएका कूल ११ उपसमूहमध्ये आज सबै उपसमूहको शेयर ओरालो लागेको छ । बैंकिङ ९.६, होटल ३२.३६, विकास बैंक १४.६५, जलविद्युत् ३०.७१, वित्त ५.३८, निर्जीवन बीमा ३५.०८, उत्पादन ०.७६, अन्य ११.७१, लघुवित्त ५.१५, जीवन बीमा ३८.०१, सामूहिक लगानी कोष ०.०२ अङ्कले घटेको छ ।

स्टकका अनुसार नेपाल बैंक लिमिटेडको रु चार करोड ८५ लाख ६२ हजार ५६८, शिवम् सिमेन्ट रु ४ करोड ७५ लाख ७३ हजार २७१, माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी रु तीन करोड ७४ लाख ३६ हजार २१७, हिमालयन डिस्टिलरी रु २ करोड ५४ लाख २५ हजार २४५, कृषि विकास बैंकको शेयर रु दुई करोड १५ लाख ३४ हजार ३३२ मूल्यमा खरीद बिक्री भए ।

ग्लोबल आइएमइ लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ९.९९ प्रतिशतले कमाए । एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्था ८.५८, युनाइटेड इन्स्योरेन्स कम्पनी ३.४२, हिमालयन ऊर्जा विकास कम्पनी लिमिटेड ३.०८, माउण्टेन हाइड्रो नेपालका शेयरधनीले ३.०३ प्रतिशतले कमाए ।

त्यस्तै जोशी हाइड्रो पावर ९.७५, हिमालयन डिस्टिलरी ७.९०, राधी विद्युत् कम्पनी ६.८१, अरुण काबेली पावर ६.३४, मल्टीपर्पोज फाइनान्स कम्पनीका शेयरधनीले ६.२७ प्रतिशतले गुमाए ।

प्रतिक्रिया दिनुहोस