सहसचिव केदार पनेरूको ‘सेतो याक’ सार्वजनिक « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

सहसचिव केदार पनेरूको ‘सेतो याक’ सार्वजनिक


प्रशासन विशेष ब्युरो

३ जेष्ठ २०७६, शुक्रबार


काठमाडौँ । सहसचिव केदार पनेरूको ‘सेतो याक’ उपन्यास सार्वजनिक भएको छ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव पनेरूले रसुवाको विकट तामाङ बस्तीको विषयवस्तु समेटेर प्रकाशित गरेको ‘सेतो याक’ कृतिको शुक्रवार मन्त्री लालबाबु पण्डितले विमोचन गरेका छन् ।

जागिरका दौरान रसुवा पुगेका पनेरुले स्थानीय परिवेशलाई समेटेर उपन्यास लेखेका हुन् ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री पण्डितले कठिन, दबाबमूलक तथा अत्यन्तै तनावयुक्त अवस्थामा पनि कर्मचारी समायोजन जस्तो जटिल कार्य सफल बनाउन सकेको भन्दै लेखक पनेरुको प्रशंसा गरेका छन् ।

विमोचन समारोहमा आख्यानकार उमा सुवेदी, पूर्वअर्थमन्त्री एवं साहित्यकार शङ्कर कोइराला, मुख्य सचिव लोक दर्शन रेग्मी, लोक सेवा आयोगका सदस्य श्री पुरुष ढकाल लगायतको उपस्थिति रहेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस