काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल अन्तर्राष्ट्रिय जेम एण्ड ज्वेलरी एक्स्पो २०७६ को आज उद्घाटन गरेका छन् ।
खानी तथा भूगर्भ विभागले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले यो व्यवसाय मानवीय सुन्दरता,प्रेम,सुरक्षाभाव आदिसाग सम्बन्धित भएको बताएका छन् ।
प्रधानमन्त्री ओलीले यस व्यवसायलाई गुणस्तरीय बनाउन सबैले जोड दिनु पर्ने बताएका छन् । ‘यो सबैका लागि आवश्यक तर ओझेलमा परेको क्षेत्र हो’ प्रधानमन्त्री ओलीले ‘त्यसैले यसको प्रचार प्रसारसँगै गुणस्तरीयतामा पनि ध्यान दिनु पर्दछ ।’
प्रधानमन्त्री ओलीले एक्स्पोमा राखिएका विभिन्न स्टलहरुको पनि अवलोकन गरेका छन् ।