राजविराज । सप्तरीमा सर्पको टोकाइबाट ९ महिने बालिकाको मृत्यु भएको छ।
तिलाठी कोईलाडी गाउपालिका-५ बनरझुलाका रन्जित कुमार रायकी छोरी प्रियाको सर्प दंशबाट मृत्यु भएको हो।
ठुलो बुबा दिनेश कुमार रायको आँगनमा खेलिरहेकी बालिकाले दुलो भित्र हात हालेपछि विषालु सर्पले डसेको प्रहरीले जनाएको छ।