२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धनगढी विमानस्थल आजबाट बन्द

अ+ अ-

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशमा दैनिक काठमाडौँ धनगढीको हवाई सेवाको सुविधा भएको एक मात्र धनगढी विमानस्थलमा आजबाट उडान सेवा बन्द गरिएको छ ।

विमानस्थलको धावनमार्ग स्तरोन्नति र पार्किङ क्षेत्र विस्तारको काम गर्नुपर्ने भएकाले आजबाट एक महीनाका लागि बन्द गरिएको धनगढी विमानस्थल कार्यालयका प्रमुख तेजबहादुर बुढथापाले बताए ।

एक हजार ८०० मिटर लामो र ३० मिटर चौडा धावनमार्गमध्ये आठ सय मिटर धावनमार्ग पूर्णरुपमा भत्काएर पुनःनिर्माण गर्न लागिएको छ । यस्तै पार्किङ क्षेत्रमा दुई वटा जहाज एक साथ अड्याउने व्यवस्था रहेकामा एकसाथ ४ वटा जहाज पार्किङ गर्न सकिने गरी पार्किङ क्षेत्रको विस्तार गर्न लागिएको बताइएको छ ।

आगामी जेठ महीनाको २१ गते पछि मात्र विमानस्थलमा हवाई सेवा शुचारु हुने बताइएको छ । लामो धावनमार्गका दृष्टिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलपछिको दोस्रो ठूलो विमानस्थाल धनगढी विमानस्थल हो ।

झण्डै रु १८ करोडको लागतमा विमानस्थलको धावन मार्ग र पार्किङ क्षेत्र निर्माण एवं स्तरोन्नति गर्नका लागि विभिन्न तीन वटा निर्माण कम्पनीसँग निर्माणको सम्झौता भएको बताइएको छ ।

धनगढी विमानस्थलबाट हप्तामा तीन दिन नेपाल वायुसेवा निगमको जहाजले काठमाडौँ धनगढीसम्मको हवाई सेवा उपलब्ध गराइरहेकामा निजी क्षेत्रको बुद्ध एयर र श्री एयरलायन्सले काठमाडौँ धनगढीका लागि दैनिक चार उडान भर्दै आएका थिए । रासस