३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल लाइफको ‘घातक रोग सुविधा योजना’ सार्वजनिक

अ+ अ-

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले घातक रोगहरू(क्रिटिकल इल्नेस) को जोखिम बहन गर्ने बिमा योजना सार्वजनिक गरेको छ ।

विगत १८ वर्षदेखि नेपाली जीवन बिमा क्षेत्रमा उत्कृष्ट सेवा तथा सुविधा प्रदान गरी आम जनमानसमा लोकप्रिय बनेको कम्पनीले उच्च अधिकारी र एजेण्टहरूको उपस्थितिमा ५० लाख रुपैयाँसम्मको जोखिम वहन हुने ‘घातक रोग सुविधा योजना’ नामक बिमा योजना सार्वजनिक गरेको हो ।

समयसापेक्ष उत्कृष्ट योजनाहरू ल्याइरहेको कम्पनीले समयको माग र सेवाग्राहीहरूको आवश्यकतालाई दृष्टिगत गरी यो योजना सार्वजनिक गरेको जानकारी दिएको छ । ‘हामीले आम सर्वसाधारणलाई घातक रोग लाग्दा आइपर्न सक्ने आर्थिक सङ्कटलाई दृष्टिगत गरी यो योजना अघि सारेका हौ’, कम्पनीका प्रमुख कार्यकारी अधिकृत विवेक झाले भने, ‘हाल विश्वव्यापी रूपमा बढ्दै गएको घातक रोगहरूको उच्च जोखिमबाट हुने क्षतिलाई न्यूनीकरण गर्न यो योजनाले हाम्रा सेवाग्राहीहरूलाई ठुलो सहयोग पुग्ने विश्वास लिएका छौँ ।’

कम्पनीका अनुसार यो पूरक करार (थप सुविधा) लिएपछि बिमा अवधिमा तोकिएका घातक रोग लागेमा बिमाले जोखिम बहन गर्नेछ । साथै, साबिकको योजना भने बिमा अवधिसम्म चालू रहनेछ । पूरक करारले थप जोखिम बहन गर्नेछ । ऐच्छिक सुविधा दिने पूरक करार पहिला कुनै पनि योजनाको जीवन बिमा गरेका बीमित वा नयाँ बीमितले तोकिएका सर्तहरू पूरा गरी यो थप सुविधा लिन सक्ने कम्पनीले जनाएको छ ।

यस योजनामा क्यान्सर, अन्तिम चरणको मिर्गौला विफलता, प्राथमिक पल्मुनरी धमनी उच्च रक्तचाप, सिम्पटम्स मल्टिपल स्क्लेरोसिस, मुख्य अङ्ग प्रत्यारोपण, ओपन चेष्ट सीएबीजी, महाधमनीको शल्यक्रिया, ओपन हार्ट सर्जरी वा मुटुका भल्भहरूको मर्मत, मष्तिस्कघात, माइयोकार्डिअल इन्फ्राक्सन वा पहिलो हृदयघात, कोमा, पूर्ण अन्धोपन, स्थायी रूपले भएको अङ्गहरूको पक्षाघात, अन्तिम चरणको कलेजोको विफलता, अन्तिम चरणको फोक्सोसम्बन्धी रोग, अल्जाइमर्स रोग, पार्किन्सन्स रोग, तेस्रो डिग्रीमा पोलेको/डढेको गरी विभिन्न रोगहरू समावेश गरिएको छ ।

यस योजनामा सहभागी हुन नियमित बीमाशुल्कमा न्यूनतम रकम मात्र थप गरे पुग्ने कम्पनीले जानकारी गराएको छ । जीवन बिमा बजारमा झन्डै एक तिहाइ भाग ओगटेको यस कम्पनीले विभिन्न योजनामार्फत सेवाग्राहीहरूलाई उच्चतम लाभ तथा प्रतिफल प्रदान गरिरहेको छ ।

कम्पनीले सन् २०१३, २०१४, २०१६ र २०१७ मा गरी चार पटक न्यु बिजनेस एज प्रालिद्वारा प्रदान गरिने ‘वेस्ट म्यानेजमेन्ट अवार्ड’ प्राप्त गरेको छ । साथै, विश्वव्यापी परामर्शदाता कम्पनी फ्रष्ट एन्ड सुलिभानद्वारा प्रदान गरिने ‘वेस्ट प्राक्टिस अवार्ड २०१६’ अन्तर्गतको फाइनान्सियल इन्ष्टिच्यूशन अफ द इयर- इन्स्योरेन्स कम्पनी’ अवार्ड बाट सम्मानित भएको थियो । यो अवार्ड उत्कृष्ट सेवा सुविधा तथा व्यवस्थापन भएको कम्पनीलाई दिइने गरिन्छ ।

कम्पनीले आफ्ना शेयरधनीहरूलाई ६५ देखि ८२ रुपैयाँसम्म प्रतिहजारमा बोनस दिई बिमा क्षेत्रमै सबैभन्दा उत्कृष्ट बोनस दिने अग्रणी इन्स्योरेन्स कम्पनीको रूपमा आफूलाई उभ्याउन सफल भएको छ ।

नेपालको बिमा बजारमा एक तिहाइ बजार हिस्सा ओगटेको यस कम्पनीको चुक्ता पुँजी ४ अर्ब ४० करोड रुपैयाँ रहेको छ । साथै सर्वाधिक जीवन बिमा कोष ५९.४९ अर्ब, सर्वाधिक लगानी ६५.९८ अर्ब, १,१६,००० भन्दा बढी सर्वाधिक प्रशिक्षित अभि कर्ता, १७० शाखाहरूबाट हालसम्म स्वदेश र विदेश गरी २५ लाख भन्दा बढी व्यक्ति यस कम्पनीमा बीमित भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस