सप्तरीमा साइकलबाट लडेर २९ वर्षीय युवकको मृत्यु « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सप्तरीमा साइकलबाट लडेर २९ वर्षीय युवकको मृत्यु


२७ फाल्गुन २०७५, सोमबार


राजविराज । सप्तरीमा साइकलबाट लडेर आइतबार राति २९ वर्षीय युवकको मृत्यु भएको छ। अग्निसाइर कृष्णसवरण गाँउपालिका–५ का २९ वर्षीय डिल्लीराम अर्यालको साइकलबाट लडेर मृत्यु भएको हो।

उनको मादक पदार्थ सेवन गरी साइकल चलाइरहेका बेला घर नजिकैको पुलबाट खसेर शरीरको भित्री भागमा गम्भीर चोट लागेको थियो । उनलाई उपचारका लागि कञ्चनरुपको ठेलियास्थित धर्मेश्वर अस्पताल, राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल हुँदै विराटनगरको नोबेल अस्पताल पुर्‍याइएको थियो।

उपचारका क्रममा राती साढे १ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस