५ जेष्ठ २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दक्षिण एशियाली शारिरीक सुगठन हुने

अ+ अ-

काठमाडौं । नेपाल शारिरीक सुगठन तथा फिटनेश संघको आयोजनामा नेपालमा बा¥हौं दक्षिण एशियाली शारिरीक सुगठन प्रतियोगिता २०७६ आषाढमा हुने भएको छ ।

राजधानीमा पत्रकास सम्मेलन गर्दै संघले तेश्रो पटक नेपालले आयोजना गर्न लागेको दक्षिण एशियाली शारिरीक सुगठनको १३ औं संस्करण आषाढ ६ र ७ गते प्रज्ञा भवन, कमलादी, काठमाण्डौमा आयोजना गर्न लागिएको जानकारी गराएको हो ।

विश्व शारिरीक सुगठन तथा फिजिक स्पोर्टस् महासंघका महासचिव एवं एशियन शारिरीक सुगठन तथा फिजिक स्पोर्टस् महासंघका अध्यक्ष दातुक पाउल चुआ र एशियन शारिरीक सुगठन तथा फिजिक स्पोर्टस् महासंघका महासचिव चेतन पाथरेको समेत उपस्थितीमा भएको पत्रकार सम्मेलनमा दक्षिण एशियाली प्रतियोगितामा शारिरीक सुगठन विधा अन्तरगतका ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी, ७५ केजी, ८० केजी, ८५ केजी, ९० केजी र सो भन्दा माथी प्रतिस्पर्धा हुने जानकारी गराईयो ।

संघले प्रथम पटक शारिरीक सुगठन विधाको पुरुष फिटनेश फिजिक्समा १७० सि.एम सम्म र १७० सि.एम.माथी उचाई तथा महिला तर्फ १६५ सिएम र १६५ सिएम भन्दा माथीको उचाई समूह गरि कुल १३ विधामा खेलाडीहरुले प्रतिस्पर्धा गर्ने भएका छन् । नेपाल सहित भारत, बंगलादेश, भुटान, मालदिप्स, अफगानिस्तान, पाकिस्तान र श्रीलङ्काका करिव १५० खेलाडीहरुले प्रतियोगितामा प्रतिस्पर्धा गर्ने छन् ।

नेपालले उक्त प्रतियोगिताको लागि २० र २१ गते काठमाण्डौमा आयोजना हुने सातौं मि. हिमालय प्रतियोगिताका विजेता खेलाडीहरुलाई समावेश गराउने सम्मेलनमा संघका अध्यक्ष राजेश बाबु श्रेष्ठले जानकारी गराए ।

सोही पत्रकार सम्मेलनका अवसरमा बिश्व शारिरीक सुगठन तथा फिजिक स्पोर्टस् महासंघका महासचिव एवं एशियन शारिरीक सुगठन तथा फिजिक स्पोर्टस् महासंघका अध्यक्ष दातुक पाउल चुआ र एशियन शारिरीक सुगठन तथा फिजिक स्पोर्टस् महासंघका महासचिव चेतन पाथरेले बा¥हौं दक्षिण एशियाली शारिरीक सुगठन प्रतियोगिताको ब्यानर अनावरण गरेका थिए ।

प्रतियोगिताको कुल बजेट ४० लाख रहेको समेत पत्रकार सम्मेलनमा अध्यक्ष श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस