चिनियाँ नागरिकविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

चिनियाँ नागरिकविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा


१४ फाल्गुन २०७५, मंगलबार


काठमाडौं । चिनियाँ नागरिक विरुद्ध समपत्ति शुद्धीकरण मुद्दा दायर गरिएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, पुल्चोकले विशेष अदालतमा चिनियाँ नागरिक ली सियाओफिङविरुद्ध मुद्दा दायर गरेको हो।

एक करोड २० लाख रुपैयाँसहित महानगरीय अपराध अनुसन्धान महाशाखाबाट दाखिला भएका ली सियाओफिङविरुद्ध सोमबार मुद्दा दायर गरेको हो ।

विना भिसा र राहदानी नेपाल प्रवेश गरेका उनले नेपालमा गैरकानूनी स्रोतबाट आर्जन गरी चीनतर्फ स्थानान्तरण गराउने गरेको खुल्न आएोमा सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ बमोजित मुद्दा दायर गरिएको विभागले जनाएको छ ।

चिनियाँ नागरिकविरुद्ध बरामद भएबमोजिमको रकम बराबर माग दाबी गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस