बालबालिका हराउने क्रम बढ्दो, ५२ बालबालिका हराएको उजुरी « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

बालबालिका हराउने क्रम बढ्दो, ५२ बालबालिका हराएको उजुरी


प्रशासन संवाददाता

५ माघ २०७५, शनिबार


बालक बेपत्ता

काठमाडौं । पछिल्लो समय बालबालिका हराउने क्रम बढ्दो छ । बालाजुस्थित महानगरीय प्रहरी वृत्तमा गत साउनयता मात्र ५२ बालबालिका हराएको उजुरी परेको वृत्तको महिला तथा बालबालिका शाखाले जनाएको छ । पछिल्लो समय सामाजिक सञ्जाल र साथीसङ्गतले गर्दा बालबालिका हराउने क्रम बढेको उक्त शाखाका प्रहरी साहायक निरीक्षक सङ्गीता अधिकारीले बताए ।

हराएका ५२ मध्ये ३७ बालबलिकालाई अभिभावकको जिम्मा लगाएको तर चार बालिका र ११ बालक अझै फेला नपरेको उनले जानकारी दिए।

आर्थिक वर्ष २०७४/७५ मा ८३ बालबालिका हराएका उजुरी कार्यालयमा दर्ता भएका थिए । हराउनेमा ४० बालक र ४३ बालिका थिए । हाराएकामध्ये १९ बालक र ३६ बालिकालाई अभिभावकको जिम्मा लगाइएको थियो । साथै बेवारिसे फेला पारिएका २३ बालबालिकालाई विभिन्न संघ संस्थाको जिम्मा लगाएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस