२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मन्त्रिपरिषद् बैठकका ४ निर्णय सार्वजनिक

अ+ अ-

काठमाडौँ । आज (मंगलबार) बसेको मन्त्रिपरिषद् बैठकले प्रशासनिक, सुरक्षा, वातावरणीय तथा संस्थागत संरचनासम्बन्धी चार वटा निर्णयहरू गरेको छ।

बैठकले संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रम अन्तर्गत ओजन तहलाई क्षति पुर्‍याउने पदार्थहरूको व्यवस्थापन तथा न्यूनीकरणसँग सम्बन्धित मन्ट्रियल प्रोटोकल कार्यान्वयनसम्बन्धी सम्झौतालाई स्वीकृति प्रदान गरेको छ।

यस निर्णयले ओजन तह संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय दायित्व कार्यान्वयनलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

त्यसैगरी सशस्त्र प्रहरी बलका प्रहरी नायब महानिरीक्षक (डिआइजी) अञ्जनीकुमार पोखरेललाई अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा गर्ने निर्णय पनि बैठकले अनुमोदन गरेको छ।

सुरक्षा क्षेत्रसँग सम्बन्धित अर्को निर्णयमा २०८२ साल भदौ २३ र २४ गते भएका प्रदर्शनका क्रममा भएका घटनाबारे जाँचबुझ आयोगको प्रतिवेदनमा उल्लिखित सुरक्षा संयन्त्रका विषयमा अध्ययन गरी सिफारिस गर्न गठित समितिको कार्यविधि थप गर्ने निर्णय गरिएको छ। सो समितिलाई थप ४५ दिनको समय प्रदान गरिएको हो।

यसैगरी भूमि समस्या समाधानसम्बन्धी संरचनामा पनि नयाँ नियुक्ति गरिएको छ। निर्णयअनुसार समितिको अध्यक्षमा कास्कीका बलभद्र बास्तोला नियुक्त भएका छन् भने सदस्यहरूमा काठमाडौँका अमीरप्रसाद न्यौपाने, लमजुङकी पद्मनीति सोती तथा काठमाडौँकी डा. रोहना श्रेष्ठलाई जिम्मेवारी दिइएको छ।

0 Comments