काठमाडौँ । सरकारले ओजन तह संरक्षणसँग सम्बन्धित अन्तर्राष्ट्रिय सम्झौता स्वीकृत गर्ने निर्णय गरेको छ।
मन्त्रिपरिषद्को बैठकले संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रम अन्तर्गत ओजन तहलाई क्षति पुर्याउने पदार्थहरूको व्यवस्थापन तथा न्यूनीकरणसम्बन्धी मन्ट्रियल प्रोटोकल कार्यान्वयनसम्बन्धी सम्झौतालाई अनुमोदन गर्ने निर्णय गरेको हो।







