काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय निर्वाचन विभागको प्रमुख जिम्मेवारीमा भुवन केसीलाई मनोनयन गरेको छ।
पार्टीको केन्द्रीय सचिवालय बैठकले केसीलाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिएका छन्।
रास्वपाले केसीले पार्टीको विधान, नीतिगत व्यवस्था, सिद्धान्त तथा सम्बन्धित आयोगका नियमावली र कार्यविधिअनुसार जिम्मेवारी निर्वाह गर्ने विश्वास व्यक्त गरेको छ।








