काठमाडौँ । लोक सेवा आयोगले राष्ट्रिय मानव अधिकार सेवातर्फको प्राविधिक समूह, सहायक प्रथम श्रेणी (प्राविधिक), सूचना प्रविधि सहायक पदको लिखित परीक्षाका लागि परीक्षा भवन कायम गरेको छ।
आयोगले विज्ञापन नम्बर १२०४५/०८२-८३ (महिला) अन्तर्गत काठमाडौँ परीक्षा केन्द्र राखी दरखास्त स्वीकृत भएका उम्मेदवारहरूको लागि परीक्षा केन्द्र तोकेको हो।
हेर्नुहोस् सूचना :

यसैगरी, लोक सेवा आयोग, काठमाडौँ कार्यालयको विज्ञापन नम्बर १२०३१/०८२-८३ (महिला), नेपाल विविध सेवा, राजपत्र अनंकित प्रथम श्रेणी (प्राविधिक) प्रमुख शिक्षक (सिलाई) पदमा काठमाडौँ परीक्षा केन्द्र राखी दरखास्त स्वीकृत भएका उम्मेदवारहरूको पनि लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको छ ।
हेर्नुहोस् सूचना :








