२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सशस्त्र प्रहरीद्वारा बाढीमा फसेका २० जनाको उद्धार

अ+ अ-

महेन्द्रनगर । सशस्त्र प्रहरी बल नेपालको टोलीले कञ्चनपुरको पुनर्वासमा पर्ने दोदा नदी र बाहुन खोलामा आएको बाढीमा फसेका २० जनाको सकुशल उद्धार गरेको छ ।

यहाँको पुनर्वास नगरपालिका-९ सिताबस्तीस्थित दोदा नदीमा एक्कासि पानीको बहाव बढेपछि नदी तरेर नजिकैको जंगलमा निउरो टिप्न गएका स्थानीय पाँच जना महिलालाई सशस्त्र प्रहरी बल नेपाल बिओपी बिचफाँटाको टोलीले उद्धार गरेको हो ।

सशस्त्र प्रहरी नायब निरीक्षक शान्तबहादुर सुनारको नेतृत्वमा विपद् व्यवस्थापन तालिम प्राप्त टोलीले उद्धार गरेको सशस्त्र प्रहरी बल नं ७ वैद्यनाथ बाहिनी अत्तरियाले जनाएको छ ।

पुनर्वास नगरपालिका-९ हरियालीटोलमा पर्ने बाहुन खोलामा पानीको सतह बढेपछि दाउरा घाँस गर्न गएका १५ जना महिलालाई सकुशल उद्धार गरिएको सशस्त्र प्रहरी बल नं ७ वैद्यनाथका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक दिग्विजय सुवेदीले जानकारी दिए। उद्धारमा सशस्त्रको विपद् व्यवस्थापन तालिम प्राप्त टोलीका साथै नेपाल प्रहरी, जनप्रतिनिधि तथा स्थानीयले सहयोग गरेका उनले बताए।

मनसुन सुरु भएसँगै पहाडी भेगमा वर्षा हुँदा तराईका नदीहरूमा एक्कासि पानीको बहाव बढेर बाढी आउन सक्ने खतरा रहेकाले आम नागरिकलाई सतर्क रहन सशस्त्र प्रहरी बल वैद्यनाथ बाहिनी मुख्यालयले आह्वान गरेको छ । 

0 Comments