२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाली सेनाद्वारा विद्यालय भवन निर्माण

अ+ अ-

भैरहवा । रुपन्देहीको रोहिणी गाउँपालिका-२ मैनिहवास्थित राम आधारभूत विद्यालयमा नेपाली सेनाले दुई कक्षाकोठासहितको नयाँ भवन निर्माण गरी विद्यालयलाई हस्तान्तरण गरेको छ ।

विद्यालयका कक्षाकोठा जीर्ण बन्दै गएपछि पठनपाठन प्रभावित हुन थालेको हो । यस्तो अवस्थामा नेपाली सेनाले ‘शीघ्र प्रभावी योजना’ अन्तर्गत नयाँ भवन निर्माण गरेको हो । निर्माण सम्पन्न भवनको बुधबार मध्यपश्चिम पृतना हेड क्वाटरका पृतनापति हिम्मतबहादुर विष्टले उद्घाटन गरे। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सावर यादवलाई हस्तान्तरण गरेका थिए ।

तारादल गणद्वारा निर्माण गरिएको उक्त भवनले विद्यार्थीलाई सुरक्षित र व्यवस्थित वातावरणमा अध्ययन गर्ने सुविधा उपलब्ध गराउने विश्वास गरिएको छ । विद्यालयमा विद्यार्थी सङ्ख्या बढ्दै जाँदा पुराना भवन चर्किएर जोखिमपूर्ण अवस्थामा पुगेपछि नयाँ संरचनाको आवश्यकता परेको बताइएको छ ।

उपरथी विष्टले नेपाली सेनाले शिक्षा, स्वास्थ्य, खानेपानी तथा सामुदायिक पूर्वाधारका क्षेत्रमा स्थानीय तहसँग सहकार्य गर्दै जनमुखी कार्यक्रम सञ्चालन गर्दै आएको बताए ।

नयाँ भवन निर्माणसँगै विद्यालयको शैक्षिक वातावरण सुधार हुने तथा बालबालिकाले सहज र सुरक्षित रूपमा अध्ययन गर्न पाउने अपेक्षा गरिएको छ । स्थानीयवासीले पनि यस कार्यले मैनिहवा क्षेत्रको शैक्षिक विकासमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरेका छन् ।

0 Comments