२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रिय सभा उपाध्यक्ष भण्डारी र सिजाङका उपाध्यक्ष पेङबीच भेटवार्ता

अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभाका उपाध्यक्ष विमलाकुमारी भण्डारी र जनवादी गणतन्त्र चीनको सिजाङ स्वायत्त क्षेत्रको जनसरकारका उपाध्यक्ष झाओ पेङबीच मंगलबार सिंहदरबारमा शिष्टाचार भेटवार्ता भएको छ ।

भेटवार्ताका क्रममा दुई पक्षबीच नेपाल-चीन सम्बन्ध, व्यापार, पर्यटन, कृषि, ऊर्जा तथा अन्तरसंसदीय सहकार्यलगायतका विषयमा छलफल भएको थियो ।

उपाध्यक्ष भण्डारीले नेपाल र चीनबीच शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्त, पुरानो मित्रता तथा पारस्परिक संवेदनशीलताको सम्मानमा आधारित उत्कृष्ट सम्बन्ध रहेको उल्लेख गर्दै नेपाल ‘एक-चीन सिद्धान्त’ प्रति दृढ प्रतिबद्ध रहेको बताइन् । साथै उनले नेपालको भूमिबाट चीनको हित विपरीत कुनै पनि गतिविधि हुन नदिने प्रतिबद्धतासमेत दोहोर्‍याइन्।

सिजाङसँगको सहकार्यबारे चर्चा गर्दै उनले व्यापार, पर्यटन, कृषि र ऊर्जा क्षेत्रमा भएको प्रगतिप्रति खुसी व्यक्त गरिन् । हाल सिजाङ र नेपालबीचको व्यापारले नेपाल–चीन कुल व्यापारको करिब एक तिहाइ हिस्सा ओगटेको जानकारी दिँदै उनले सन् २०२५ को पहिलो छ महिनामा २.१९ अर्ब युआन बराबरको व्यापार भएको र यो अघिल्लो वर्षको तुलनामा २२.१ प्रतिशतले वृद्धि भएको बताइन् ।

उनले नेपाल–सिजाङ आर्थिक तथा व्यापार सहजीकरण समितिको १३औँ बैठक गत जुन २०२५ मा ल्हासामा सफलतापूर्वक सम्पन्न भएको तथा १४औँ बैठक यसै वर्ष काठमाडौँमा आयोजना गर्ने तयारी रहेको जानकारीसमेत दिइन्। धुलिखेल नगरपालिका र अली प्रिफेक्चरबीच भगिनी सम्बन्ध स्थापना भएकोप्रति पनि उनले खुसी व्यक्त गरिन् ।

अन्तरसंसदीय सहकार्यका विषयमा उपाध्यक्ष भण्डारीले प्रतिनिधि सभा र चिनियाँ राष्ट्रिय जनकांग्रेसबीच सन् २०२२ मा भएको समझदारीपत्र महत्वपूर्ण कोसेढुंगा भएको बताउँदै आगामी दिनमा संघीय संसदमा नेपाल-चीन संसदीय मैत्री समूह गठन गर्ने योजना रहेको जानकारी दिइन् ।

उनले सिजाङले पूर्वाधार विकास, आर्थिक समृद्धि तथा जनजीविकामा हासिल गरेको उपलब्धिले नेपालका लागि थप आर्थिक अवसर सिर्जना गर्ने विश्वास व्यक्त गरिन् ।

0 Comments