२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पर्वतको छिपछिपे-कोटगाउँ-खुर्कोट सडक कालोपत्र

अ+ अ-

पर्वत । मार्ग खुलेको झण्डै डेढ दशकपछि पर्वतको कुश्मा नगरपालिका–४ अर्मादीदेखि वडा नं २ खुर्कोट जोड्ने छिपछिपे–कोटगाउँ– खुर्कोट सडक कालोपत्र सम्पन्न भएको छ । 

छिपछिपे–कोटगाउ सडकखण्डअन्तर्गत छिपछिपे–आँटीघर–गगनपानी  माथिको घुम्तीसम्म कालोपत्र गर्ने काम सम्पन्न भएको हो । उक्त सडक खण्डमा झण्डै २२० मिटर ढलान, एक किलोमिटर कालोपत्र गरिएको छ । 

त्यसैगरी, पोलम नाली, २९५ घनमिटर, जाली भर्ने कार्यलगायत संरचना निर्माण कार्य सम्पन्न भएको सडक निर्माण समितिका अध्यक्ष गणेशबहादुर क्षेत्रीले जानकारी दिए । 

गत फागुन महिनाबाट निर्माण सुरु गरेको सडक निर्माण व्यवसायीले तीव्र गतिमा काम गरेकाले निर्धारित समयभन्दाअगावै सम्पन्न भएको हो । इन्धनको मूल्य उल्लेख्यमात्रामा वृद्धि भएपछि अन्यत्रका विभिन्न आयोजना रोकिएको भए पनि यो आयोजनामा भने निरन्तर काम भएको हो । सडक निर्माणका लागि असार मसान्तसम्मको अवधि रहे पनि डेढ महिना अगावै सम्पन्न भएको हो । 

उक्त सडकको कालोपत्र गर्ने काम खुर्कोट कोट कालिका मन्दिरसम्म पुर्‍याउने लक्ष्य भए तापनि बजेट अभावका कारण यस वर्ष गगनपानी माथिको घुम्ती भन्ने स्थानसम्म मात्र निर्माण कार्य सम्पन्न भएको अध्यक्ष क्षेत्रीले बताए । 

निर्माण भएका संरचनाको मूल्यांकन गरी बाँकी रहेको बजेटबाट अन्य कार्य अगाडि बढाउने कुश्मा नगरपालिका–२ का वडाध्यक्ष लालकृष्ण बास्तोलाले जानकारी दिए । 

उक्त सडकको बाँकी खण्डमा कालोपत्र र ढलानका लागि आगामी आर्थिक वर्षमा थप बजेट विनियोजन गर्नका लागि कुश्मा नगरपालिकामार्फत संघीय सरकारसँग प्रस्ताव गरिएको वडाध्यक्ष बास्तोलाले बताए । 

उक्त सडक निर्माणका लागि कुश्मा नगरपालिका र सङ्घीय सरकारको समपूरक बजेटअन्तर्गत रु. दुई करोड १५ लाख विनियोजन भएको हो । उक्त रकममध्ये कुश्मा नगरपालिकाबाट रु. एक करोड २९ लाख र सङ्घीय सरकारबाट रु. ८६ लाख लागत साझेदारी गरिएको छ । चालु आर्थिक वर्षको असार मसान्तसम्ममा तोकिएका सबै निर्माण कार्य पूरा गर्ने लक्ष्य रहेको अध्यक्ष क्षेत्रीले बताए । यो सडकको कालोपत्र गर्न सौर्यकीरण जेभी निर्माण सेवाले ठेक्का सम्झौता गरेको छ ।

सडक कालोपत्र भएपछि कुश्मा नगरपालिका–२ खुर्कोट, पाङ, बनौ र दुर्लुकासमेत स्थानीयलाई सदरमुकाम आवतजावत गर्न सहज भएको छ । यसअघि वर्षायाममा बाढी, पहिरोका कारण अवरुद्ध हुँदै आएको र घण्टौँ समय लाग्ने सडक अब भने आधा घण्टामै सदरमुकाम आउन सकिने भएको स्थानीयवासी गणेश पौडेलले बताए । 

0 Comments