काठमाडौँ । प्रतिपक्षी दलहरूको अवरोध र नाराबाजीबीच प्रतिनिधि सभाले वैकल्पिक विकास वित्त परिचालनसम्बन्धी विधेयक पारित गरेको छ। बैठकमा विरोधका गतिविधि जारी रहँदा पनि संसदीय कारवाही अघि बढाइएको हो।
बैठक सञ्चालनका क्रममा प्रतिपक्षी सांसदहरूले अवरोध गरेपछि वातावरण केहीबेर तनावपूर्ण बनेको थियो। तर सभामुख डोलप्रसाद अर्यालले कार्यसूची अनुसार बैठक अगाडि बढाउँदै विधेयक पारित प्रक्रियालाई निरन्तरता दिएका थिए।
सोही क्रममा सभामुख अर्यालले “वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२” प्रतिनिधि सभाबाट पारित भएको औपचारिक घोषणा गरेका थिए।
त्यसपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विधेयक निर्णयार्थ प्रस्तुत गरेका थिए। कार्यसूचीअनुसार प्रस्तुत प्रस्तावमाथि प्रक्रिया अघि बढ्दै अन्ततः विधेयक पारित भएको हो।
अवरोध र असहमतिको बीचमा पनि विधेयक अघि बढाइएपछि प्रतिनिधिसभाको कार्यवाही फेरि राजनीतिक बहसको केन्द्रमा परेको छ।







